
दुर्गा प्रसाईं आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ।

बिएल संवाददाता - काठमाडौँ
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
इमानदार भएकै कारण अधिकारीले विभिन्न कालक्रममा धेरै हण्डरहरू खाएको कुरा उनकै पुस्तक ‘ओगिल्जा’ मा र नियमित प्रकाशन भइरहने उनकै लेखहरूबाट प्रष्ट हुन्छ। छट्टुहरूका लागि सरकारी जागिर फलिफाप सिद्ध छ भने इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको खासै स्थान छैन। उनी २०७५ सालमा कार्यालय नै नभएको ठाउँमा सरुवा गरिए र एकवर्षसम्म तनाव व्यहोरे। त्यस्तै लेखापालहरूका बदमासीका कारण पाउनुपर्ने भत्ताहरूबाट बञ्चित भए। मन्त्रीका स्वकीय सचिवले आफ्नो कुर्सी टेबुल र कार्यकक्ष नै हडपेपछि उनी दुई महिनासम्म बिदा लिएर बसे। बिदा सकिएपछि अनिवार्य अवकाश लिए र निरन्तर रुपमा साहित्य-लेखनमा तल्लिन भए। साथीले उनलाई ‘दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्’ पनि भनेका रहेछन्। तर उनले धनलाई पटक्कै महत्व दिएनन्। सेवाग्राहीले कोटको भित्री खल्तीबाट हजारका नोटको बिटो दिनखोज्दा सो फर्काइदिएको प्रसङ्ग पनि बताउँछन्। प्रलोभन देखाएर काम गराउन खोज्नेहरूलाई पनि उनले बेवास्ता गरे।
बिएल संवाददाता - काठमाडौं
हामी सबैलाई थाहा छः राजनीति मुलुक र जनताको मार्गनिर्देशन गर्ने साधन हो। यथार्थमा हुनुपर्ने नीतिको राज हो। तर, विडम्बना नीतिमाथि राज भइदिँदा यही राजनीतिमा स्वार्थ र धूर्तता मक्किएर विचारधारा बन्धक बनेको छ। जसको परिणाम स्वरुप जनतामा निराशा र वितृष्णा उत्पन्न भएको हो। समृद्धि ल्याउँछौं, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउँछौं, भ्रष्टाचार अन्त्य गर्छौं भनेको जनताले बर्षौंदेखि सुनेका छन्। तर सत्तामा पुगेपछि चुनावी नारा भुलिन्छन्, बाचा कागजमै सीमित रहन्छन्। जसको परिणाम स्वरुप आज जनता निराशा र वितृष्णाले ग्रस्त भएका छन्। जनतामा फैलिएको यही चरम निराशा र वितृष्णाको फाइदा उठाएर आफ्नो स्वार्थको रोटी सेक्न विभिन्न वर्ग र समूहहरू सलवलाउन थालेका छन्। जो राजनीतिलाई केवल शक्ति हत्याउने औजार ठान्छन्। उनीहरू सँग न कुनै योजना छ, न कुनै दृष्टिकोण छ, न त कुनै विचार छ, न त नेतृत्व दिन सक्ने सामर्थ्य नै छ।
बिएल संवाददाता - काठमाडौं
पीडित युवतीले आफ्ना प्रेमीलाई आफ्नो गोप्य भिडियो पठाउने गरेकी थिइन्। उनीहरूको सम्बन्ध टुटेपछि प्रेमीका साथी अधिकारीले भिडियो देखाउँदै युवतीलाई ब्ल्याकमेल गर्न थाले। अधिकारीले युवतीसँग पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्पर्क राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा हालि भाईरल गरिदिन्छु भन्दै धम्क्याउने गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। नेपाल प्रहरीको साइबर ब्यूरोको प्राविधिक विश्लेषणमा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनी पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको छ। राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस पनि बढाएर लगेका छौं। विदेशबाट आउने अनुदान जुन थियो त्यो अहिले संकुचित भएको छ। यो अझै पनि घट्ने सम्भावना छ।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रहरू देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ। आत्मविश्वासका साथ लागेको छ। देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ। यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ। सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं। स्थिरता, स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो।’
बिएल संवाददाता - काठमाडौं
कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्। देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए। शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्। ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने। सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए। यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर प्रहरी पप्रमुख राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका पाँच संगठनले पहिलो बुँदामै पाण्डेलाई निलम्बन गरी छानबिन समिति बनाउँन माग गरेका हुन्। केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गर्न रोक लगाउने क्रममा भएको नगर प्रहरिको व्यवहारप्रति प्रश्न उठाउँदै उनीहरूले पाण्डेलाई तत्काल निलम्बन गरी तीन दिनभित्र छानबिन समिति बनाउँ माग गरेका छन्। मागपत्रको पहिलो बुँदामा भनिएको छ, ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। गत वर्षको फागुन १० मा त्रिवि उपकुलपतिमा नियुक्त भएका बरालले गत चैत चैत ११ गते राजीनामा दिएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका बरालको ट्युनिङ प्रधानमन्त्री ओलीसँग मिल्न नसकेको बताइन्छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला उर्फ ज्वालाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै अवहेलना मुद्दा दर्ता गरिएको हो। काठमाडौं खुला विश्वविद्यालयमा एलएलबी प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन्। केसीले संग्रौलाले अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजेको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना खोजेको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्र विजयी भएका छन्। एसोसिएसनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो। बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन्। उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। बारमा मिश्रको प्यानल नै विजयी भएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए। उनले भने, ‘हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौ। यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट रुपमा देखाउँछ। किनभने हामीले तयार गरेको भिडियोले के देखाउँछ, हामीले के देखाउँछौ त्यसकै आधारमा मान्छेको धारणा बनाउछन्। हामीले समाजलाई तस्बिर दिन्छौं। त्यो तस्बिर समाजले हेर्ने भएकाले समाज हामीले बनाउने हो।’ उनले आजको समाजले हरेक कुरालाई सामाजिक सञ्जालमार्फत नकरात्मक रुपमा मात्र लिइरहेकाले समाज एग्रेसिभ भएको बताए। समाज सुधारका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पनि बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाल एकता पार्टीले राजावादी आन्दोलनका क्रममा पक्राउ परेका, नजरबन्दमा रहेका र फरार रहेका नेताहरूलाई नागरिकलाई अभिनन्दन गरेको छ। पार्टीका अध्यक्ष महेन्द्रजंग शाहसहितका नेताहरूले घरमै नजरबन्दमा राखिएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी, प्रहरी हिरासतमा रहेका राप्रपा नेपालका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवलशमशेर राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भेटेर अभिनन्दन गरेका हुन्। पार्टीले तीनकुने आन्दोलनपछि फरार रहेका कमाण्डर दुर्गा प्रसाईंलाई समेत अभिनन्दन गरेको पार्टीका प्रवक्ता उज्वल घिमिरेले बताए।
बिएल संवाददाता - काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघले लामो समयदेखि नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको बताएका हुन्। उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड-१९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाव महसुश भएको छ। तर सरकार चुनौतिहरूको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको छ।’
बिएल संवाददाता - काठमाडौं
प्रदेश ३-०१-००६ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नम्बरको हाइससँग ठोक्किएको इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ। ब्रेक फेल भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा अड्किएको छ। दुर्घटनामा ११ जना घाइते भएका र सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
उनले भने, ‘औपचारिक रुपमा ‘ग्रे-लिस्ट’मा लिस्टिङ भएका छौं। पहिलाका काम कारवाहीले गर्दा ‘ग्रे-लिस्ट’मा पर्ने अवस्था बनेको हो। यो सरकार बनेपछि भएका कामहरूका कारणले मुलुक ‘ग्रे-लिस्ट’मा गएको होइन। अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौ भनेर प्रतिबद्धता गरेका थियौं त्यो काम गर्न नसक्दा मुलुक ‘ग्रे-लिस्ट’मा पुगेको हो। ‘ग्रे-लिस्ट’बाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौं। सोही हिसाबले कामहरू पनि अगाडि बढाउने तयारीमा छौं। समयावधीभन्दा पहिलै ‘ग्रे-लिस्ट’बाट बाहिर निस्किने आशा छ।’ साथै, उनले खर्चको व्यवस्थापनको सन्दर्भमा कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजन कौशलले पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताए। उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशत थियो। खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरू छन्। सार्वजनिक खरिद ऐन, नियमावली अध्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरू समयमा सम्पन्न हुन सकेको छैन्। यी समस्याहरू समाधान गर्ने हिसाबले कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता छ।’
बिएल संवाददाता - काठमाडौं
मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। बकैया गाउँपालिका वडा नम्बर-३ चिसापानी बजारस्थित धरान-चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराती ९ः३० बजेको समयमा चिसापानी बजारस्थित धरान-चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको घुम्तिमा दुर्घटना भएको उनले बताए। दुर्घटनामा बसका चालकसहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन्।
बिएल संवाददाता - मकवानपुर
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्। बिहीबार बा३ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडी बिच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। तिव्रगतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ। हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘चीन-अमेरिकाको आर्थिक तथा ब्यापारिक सम्बन्धमा आएको तनाव तथा अमेरिकाको घरेलु सुरक्षाका अवस्थाका कारण अमेरिका यात्रा गर्दा हुने जोखिमहरूको मूल्याङ्कन गर्न सावधानीपूर्वक यात्रा गर्न चिनियाँ नागरिकलाई स्मरण गराउन चाहन्छौं’ मन्त्रालयले भनेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .