
रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौँ
बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ। बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो।
बिएल संवाददाता - बागलुङ
वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरु निम्ताएको छ। नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ। जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ। सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
आउँदो शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
चैते दसैँकाे अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ। नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो।
बिएल संवाददाता - बागलुङ
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपालमा ‘राजा फर्काउने आन्दोलन’ सुरू भएकै छेको पारेर ओलीले 'मोदी-दर्शनभेट’ पाएका छन्। एक्लाएक्लै भएको यो भेटबाट एउटा आशंका उब्जिएको छ- ‘कतै यो भेट नेपालमा राजासहित हिन्दू राष्ट्र बनाउने शर्तमा त भएको थिएन ?’ राजावादीहरू हर्काउदै आएका ओलीसामु अर्को एउटा गम्भीर प्रश्न उभिएको छ।
बिएल संवाददाता - अमेरिका
आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म पार्टीको कुनैपनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’ आम जनता पार्टीमा रहँदा आफ्ना स्वार्थ त्याग गरी प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
पार्टीका प्रवक्ता उज्वल घिमिरेले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोग जस्तो संवैधानिक र कानूनी हैसियत प्राप्त निकायबाट नेपालको संविधान, नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताको रोहबाट निष्पक्ष छानविन गरी सत्यतथ्य जानकारी पाउने आम नागरिकको नैसर्गिकता संरक्षण गर्नु, पीडितलाई क्षतिपूर्ति दिलाउनु तथा दोषी उपर कारवाहीको सिफारिस गर्नु त्यस सम्मानित आयोगको संवैधानिक कर्तव्य स्मरण गराउदै आस्थाका बन्दीलाई तत्काल रिहा गरी आजका मितिले ७ दिन भित्र विश्वासयोग्य छानविनको प्रक्रिया थालनी गरिपाउन सादर निवेदन गरिन्छ। नगरिएको अवस्थामा संलय तथा सम्मानित आयोग बिरुद्द अन्तराष्ट्रिय क्षेत्र (१९३ देश तथा अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा नियोग) मा व्यक्तिपरक पत्राचार गरिने व्यहोरा समेत जानकारी गराउदै मिति २०८१|१२|१५ गते तिनकुनेमा भएको युद्द अपराध, शान्तिविरुद्द अपराध र मानवता विरुद्दको अपराधको छानविन गरी दोषी उपर अनुसन्धान र अभियोजनको सिफारिस गरि पाउँ।’
बिएल संवाददाता - काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राप्रपाले बल्खुमा गरेको खबरदारी सभाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको पुष्टि भएको व्यंग्य गरेका छन्। कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राप्रपाले लाखौं मान्छे ल्याउने अनुमान गरिएपनि उनीहरू आफ्नै कारण नांगिएको टिप्पणी गरे। उनले भने, ‘आज कति मान्छे जुटाउलान् बल्खुमा भन्ने लागेको थियो । ७ हजार मान्छे ल्याए रे ! तपाईंहरू पनि हेर्नुहोला। राजेन्द्र लिङ्देनले राप्रपाले बल्खुमा अहिले जम्मा गरे रे ! प्रतिस्पर्धामा हामीले ६० हजार मान्छे ल्याएका थियौं भने उनीहरूले डेढ-दुई लाख मान्छे ल्याउँछन् कि भन्ने लागेको थियो सकेनन्। जनता हाम्रो साथमा छन्।’ नेपालले राजावादीहरूले आफ्नो पार्टी कार्यालयमा आक्रमण गरेर यसअघि नै नांगिसकेको टिप्पणी गरे। आजको प्रदर्शनले राप्रपाको स्वरुप देखिएको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राप्रपाले बल्खुको कार्यक्रमपछि आफैं फोहोर उठाएको भन्दै धन्यवाद दिएका छन्। सोमबार बल्खुमा राप्रपाले खबरदारी सभा आयोजना गरेको थियो। उक्त कार्यक्रमपछि राप्रपाका स्वयंसेवकहरूले आफैं सरसफाइ गरेका थिए। राप्रपा नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई फोहोर उठाउन निर्देशन नै गरेका थिए। बालेनले कसैलाई जरिवाना तिराउन नभइ कसैले पनि सार्वजनिक ठाउँमा फोहोर नगरुन भन्ने महानगरको चाहना रहेको बताएका छन्। बालेनले भनेका छन्, ‘कसले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफै| सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’
बिएल संवाददाता - काठमाडौं
काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको खबरदारी सभामा घुसपैठ गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राप्रपाको विरोध सभामा अवाञ्छित गतिविधि गरेको आशंकापछि राप्रपाकै स्वयंसेवकले उनीहरूलाई पक्राउ गरेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका-४ का ४२ वर्षीय भरत वली, धादिङ रुविभ्यालीका ३० वर्षीय रमेश लामा, रामेछापको मन्थलीका १८ वर्षीय सुवास खड्का र नवलपुरका २७ वर्षीय रञ्जित क्षेत्री छन्। खड्का बल्खुमा र अरु तीनजना कीर्तिपुरमा बस्दै आएका छन्।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधन गरेका छन्। सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगती हासिल गरेको बताए। दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन समेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए। ‘नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वस्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ,’ मन्त्री पौडेलले भने, ‘तर यो हामी एक्लैले मात्र गर्न सम्भव छैन।’ ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलले बताए।
बिएल संवाददाता - न्यूयोर्क
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरीका आईजीपी दीपक थापा एमालेको कार्यकर्ता भएको आरोप लगाएका छन्। तीनकुनेको हिंसात्मक आन्दोलनपछि प्रहरीले कतिपय सूचना लुकाएको र झुटा सूचना सम्प्रेण गरेको आरोप लगाउँदै उनले प्रहरीलाई राजनीतिक दलको भातृ संगठन नबन्न चेतावनीसमेत दिए। मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नै लिङदेनले आईजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष जस्तो देखिएको टिप्पणी गरेका हुन्। उनले भने, ‘गृहमन्त्रीले आदेश दिए होलान् अनि प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त ल हेर्नुस् त। ए! हामीले भेटेका खोकाहरू, अश्रुग्यासका बोक्राहरू जहाँ एक्पायरी डेट २००८, २०१० लेखेको छ त्यो नक्कली हो?’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि उनीहरूलाई दुईपटक क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजावादी आन्दोलनका क्रममा जडीबुटी कम्पनीमा आगो लगाउनेहरू माओवादी कार्यकर्ता रहेको पुष्टि भएको दाबी गरेका छन्। मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले माओवादीका भिजिलान्तेहरू प्रयोग गरेर राजावादीको आन्दोलन बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन्। उनले भने, ‘हाम्रा साथीहरूलाई लगेर थुनेका छन् १७ हजार मारेर ५ हजारको जिम्मा लिन्छु भन्नेले मञ्चमा बसेर भाषण गर्छन्। राजावादीले हिंसा गरे रे? अहिले प्रमाणित भयो सरकारी सम्पत्तिमा तोडफोड गर्ने, जडीबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ। यस्ता भिजिलान्तेहरू प्रयोग गरेर झुटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ।’
बिएल संवाददाता - काठमाडौं
‘कसैलाई सरकार ढाल्ने शोखजस्तै भएको छ। अब उनीहरू पनि थाके। सरकार बन्दाखेरि नै त्यस्तै भनेका थिए। दुई पार्टीको संकल्प छ। हामी चुनावसम्मै सँगै जान्छौं। चुनाव गराउँछौं र त्यसपछिको परिस्थिति त्यही बेला थाहा हुन्छ’ उनले भने ‘यो सरकार ढल्ने त कुरा छोड्नुस् हल्लिदाँ पनि हल्लिन्न।’
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे। ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ। त्यसकारण हाम्रा प्रयासहरू जनताको सेवामा समर्पित हुनुपर्छ। परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ।’
बिएल संवाददाता - जनकपुरधाम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक पटक फुट्नेवित्तिकै कम्युनिस्टहरू फेरि मिल्न सक्दैनन् भन्ने सोचाइ गलत भएको बताएका छन्। मंगलबार प्रगतिशील लेखक संघको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले फुट्ने वित्तिकै अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भन्नु मार्क्सवादी सोचाइ नभएको टिप्पणी गरेका हुन्। उनले भने, ‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुन सक्दैन। त्यो द्वन्द्वात्मक भौतिकवाद हुन सक्दैन।’ उनले वामपन्थीहरू विभाजित भएपनि, कहिलेकाँही एकअर्काको आलोचना गरेपनि एकताको झण्डा भने कहिल्यै नछाडेको दाबी गरे। ‘हामी विभाजित पनि भयौं। कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं। तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं। अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ६०० पुगेको छ। भूकम्पमा परी ५ हजार १७ जना घाइते भएका छन्। भग्नावशेषमा पुरिएका १६० जना अझै बेपत्ता छन्। म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ। मार्च २८ मा स्थानीय समयअनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो।
बिएल संवाददाता - म्यान्मार
१ .
२ .
३ .
४ .
५ .