शनिबार, १६ अगस्ट २०२५

तीनकुने घटनाः शाही युवा शक्तिका नेता दिलबहादुर श्रेष्ठ पक्राउ

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी भएको आरोपमा शाही युवा शक्तिका नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा शाही युवा शक्तिका दोस्रो वरीयताका नेता दिलबहादुर श्रेष्ठ छन्। उनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का यसअघि नै पक्राउ परिसकेका छन्। श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायु प्रदूषणबारे विज्ञहरूको चिन्ताः सामान्य रुपमा नलिन सरकारसँग आग्रह

वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन्। सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आयोजना गरेको ‘वायु प्रदूषणको कहरः जवाफदेही को?’ शीर्षकको ‘हाकाहाकी बहस’मा बोल्ने अधिकांश सरोकारवालाहरुले वायु प्रदूषणमा चिन्ता व्यक्त गर्दै समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। काठमाडौंसहित देशैभर बढेको प्रदूषण रोकथाममा एक-अर्का निकायबीच सहकार्य र समन्वय गर्न उनीहरूले जोड दिएका हुन् । हरेक वर्षको सुख्खायाममा वन डढेलो लगायतका अन्य कारणले प्रदूषणको समस्या बढ्ने तथ्य र प्रमाणहरू हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समस्याका उपाय खोज्नु व्यवहारिक नहुने विज्ञहरूले जोड दिए । ‘अहिलेको मुख्य समस्या वन डढेलोको हो, खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहोर मैला जलाउँदा प्रदूषण बढेको छ,’ वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दासले भने, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप ६ जना पक्राउ

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु छन्। यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएकी ३० वर्षकी अनिता कुँवर(ऐनी), सिन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फाेहाेरले आकाश ढाक्याे, अँध्यारियाे काठमाडौं

केही दिनयता काठमाडौंकाे हावा निकै प्रदुषित भएकाे छ। आकाश धुम्म छ। दिनकाे उज्यालाेमा पनि काठमाडौं सहर साँझ परेजस्तै हुन्छ। हावामा प्रदुषणकाे मात्रा बढेपछि अहिले आँखा पीराे हुने, टाउकाे दुख्नेजस्ता समस्याहरू देखिन थालेका छन्। अस्पतालमा स्वासप्रश्वाससम्बन्धि बिरामी बढ्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदूषित शीर्ष स्थान पछिको काठमाडौँ सहर (तस्बिरहरु)

मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ। आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘कर’ युद्धमा आमने-सामने चीन-अमेरिका, विश्व बजारमा के असर पर्छ?

आफूलेचाहिँ मनपरी कर लगाएकाे अमेरिकाले चीनलाई भने अमेरिकी सामानमाथिकाे कर नहटाए उसका सामानमाथि थप कर लगाउने धम्की दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रुपन्देहीमा भ्यान दुर्घटनाः २ जनाको मृत्यु, २२ जना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

चैत्र शुक्ल एकादशी: कामदा एकादशी व्रत गरिँदै

चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ। कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज जनआन्दोलन दिवस मनाइँदै

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ।  विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनर्स्थापना भएको थियो। विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः यी चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राप्रपाले भन्यो: भोलिको प्रदर्शन शान्तिपूर्ण हुन्छ

‘मंगलबार बल्खु  क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले  निष्कर्ष  निकालेको छ। प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ। विरोध प्रदर्शन भद्र अवज्ञाको रुपमा, सत्याग्रहको रुपमा हामीले अगाडि बढाउँछौं।’ लिङ्देनले आफ्नो जिवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे।  राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकरको दाबी- माओवादीको १० वर्षे हिंसाले देशमा काम गर्ने वातावरण बनेन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले गरेको हिंसात्मक राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्वको समयमा विकास र समृद्धिको कुरा सम्भव नरहेको बताएका हुन्। उनले भने, ‘२०४६ सालमा राजनीतिक दलहरूले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए। मुलुकमा हिंसाको राजनीति सुरु भयो। २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गर्‍यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन। युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो।त्यो एक दशक हामीले त्यसरी गुजार्यौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाको दाबी नेपालमा राजसंस्था पुनःस्थापनाका लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो रहेको दाबी गरेका छन्। सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा उनले राजतन्त्र फर्काउन भारत लागेको हल्ला मात्रै रहेको दाबी गरेका हुन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नै नयाँदिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको र भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको बताएको देउवाको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंका दाजु राकेश प्रहरी नियन्त्रणमा

तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राकेशलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। तीनकुनेबाट भागेका दुर्गा पेरिसडाँडास्थित राकेशको घरमा लुकेको तथ्य भेटिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी स्रोतले बतायो। प्रसाईंलाई भगाउन उनको संलग्नता हेरेर म्याद थप गर्ने वा सोधपुछ मात्र गरेर छाड्ने टुंगो लाग्ने प्रहरीले जनायो। तीनकुने घटनामा २ जनाको ज्यान जानुका साथै कयौं निजी र सरकारी भवनहरूमा क्षति पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जायज माग सम्बोधनका लागि शिक्षकहरूले सडकमा सुत्न पर्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जायज माग सम्बोधनका लागि शिक्षकहरूले आन्दोलन गर्नै नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूका जायज माग सम्बोधनका हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनुभएको हो शिक्षक साथीहरूले? मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरी आन्दोलन गरिरहनुपर्दैन, हामी त्यसको समाधान दिन्छौं। हामी त्यसलाई सम्बोधन गर्न तयार छौं।’ ओलीले शिक्षकहरूले आफ्ना जायज माग सम्बोधन गराउन सडकमा गएर सुत्न नपर्ने बताउँदै कुराकानी गरेर समाधान गर्न आफू तयार रहेको प्रतिक्रिया दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हर्कले भेटे प्रधानमन्त्री, अब धरानमा पानी आउने

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। ‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कारागारबाट रविको सन्देश- यस्तो परीक्षाको पहिलो विद्यार्थी भएँ, पालो सबैको आउँछ

सोमबार कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारबाटै सन्देश पठाएका छन्। रुपन्देही जिल्ला कारागार पुगेपछि आफू निकट नेताहरूमार्फत लामिछानेले ४ वटा सन्देश पठाएका हुन्। लामिछानलेले अदालतको आदेशको सम्मान गर्ने बताउँदै भनेका छन्, ‘अदालतकाे आदेशकाे सम्मान छ। कानूनले दिएकाे अधिकार प्रयोग गर्छु। तल्लाे अदालतकाे आदेशविरुद्ध माथिल्लाे आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’ उनले अदालतबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताउँदै भनेका छन्, ‘न्यायकाे मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार देशीय टी-२० खेल्न हङकङ जाने क्रिकेट टोलीको बिदाई

हङकङ-चाइनाको आयोजनामा हुने चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो। नेपालले हङकङमा हुने चार देशीय टी-२० क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो। छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं