
बिएल संवाददाता
हङकङ-चाइनाको आयोजनामा हुने चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो। नेपालले हङकङमा हुने चार देशीय टी-२० क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो।
छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन्।
बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया