शनिबार, १६ अगस्ट २०२५

कैलालीमा टाउको क्षतविक्षत पारिएको अवस्थामा पुरुषको शव फेला

कैलालीको अत्तरियामा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको हो। ढुंगाले हानेर टाउको फुटाइएको र दाँतहरू पनि झारिएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको पहिचान हुन सकेको छैन। शव र घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रहरीको आशंका छ। मन्दिरभित्रै हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। शव मन्दिरको प्रांगणमा भेटिएपनि मन्दिरभित्र र आसपासमा रक्ताम्मे भेटिएको छ। शव घिसारिएको बाटोसमेत देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

सांसद सोबिता गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तर संसदीय संघ (आईपीयू)को १५०औं महासभामा गठन भएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । चार वर्षका लागि निर्वाचित भएका १५ सदस्यहरूको कार्यकाल मार्च २०२९ मा सकिनेछ। आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। सोही निर्णयका आधारमा बनेको समितिमा सांसद गौतम निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा संलग्न आरोपमा थप दुईजना पक्राउ

गत चैत १५ को राजावादी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भोजपुर अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उनीहरूलाई आन्दोलनका समर्थक र भिडलाई उत्तेजित बनाएको, निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरी लुटपाट तथा अपराधिक उपद्रो गर्नुका साथै संगठितरूपमा आपराधिक गतिविधि गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका वनमन्त्रीको दाबीः योजना बेचेको छैन, हाम्रो लोकप्रियताबाट तर्सिएकाहरूले चरित्र हत्या गर्न खोजे

उनले आफूमाथि लागेका आरोपहरू आधारहीन, भ्रामक र कपोलकल्पित भएको दाबीसमेत गरे। विभिन्न संचारमाध्यममा आफ्नो नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकाशन र प्रसारण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको साहले बताएका छन्। मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाईएको दाबी गरेका छन्। प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका-११ मा रहेको घुर्मी खोलामा तटबन्धन निर्माणसम्बन्धि योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ। हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना विक्री वा कमिसनको प्रश्न नै नउठ्ने मन्त्री साहको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

आईजीपी दीपक थापाविरुद्ध ‘अश्लील गालिगलौज’ गरेका कमल विष्ट पक्राउ

गत चैत १५ गतेको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय शक्ति नेपाल ललितपुरका अध्यक्ष कमल विष्ट पक्राउ परेका छन्। ललितपुरको ठेचो घर भएका विष्टलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो। उनी राप्रपा नेपालका नेता केशरबहादुर विष्ट निकट मानिन्छन्। विष्टलाई तीनकुने घटनामा संलग्न भएको र आईजीपी दीपक थापाविरुद्ध अश्लिल गालीगलौच गरेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो। विष्टले राजावादी आन्दोलन हिंसात्मक बनेपछि अबको आन्दोलन श्रीलंका र बंगलादेशको मोडेलमा सञ्चालन गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३९ दिनमा सकियो मिरुना र धीरजको ‘कुस्ती’, विदेशमा पनि देखाइने

काठमाडौं तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ। छायाङ्कनको ३९औं दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए। प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए। उनले भने, ‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो।’ निर्देशक योञ्जनले निर्धारित सेयुल अनुसार नै फिल्मको छायाङ्कन सकिनुमा यसमा संलग्न कलाकार र प्राविधिकको कार्यकौशलता महत्वपूर्ण रहेको बताए। छायाङ्कन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको फिल्ममा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि ज्यादती गरिएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले ज्यादती गरेको र गम्भीर मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ। गत शुक्रबार सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार हनन् भएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे हो। बुधबार रास्वपा नेताहरू सन्तोष परियार, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुलीलगायतले मानवअधिकार आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी सहितको ज्ञापनपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकार असफल भइसक्यो: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट मिलेर बनेको ओली सरकार असफल भएको दाबी गरेका छन्। मंगलबार जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस-कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यान्यवन नभएको बताए। उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भनिएको भएपनि पुरा नभएको जिकिर गरे। उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको  बताए। संविधान संशोधन गर्ने नियतमा यो सरकारको गठन नभएको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

बागमतीमा डुबेर युवकको ज्यान गयो

रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर युवकको ज्यान गएको हो। वृन्दावन नगरपालिका-१ तामाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। अत्याधिक गर्मीका कारण ती युवक नजिकको बलेरीस्थित बागमती खोलामा पुगेको स्थानीयवासीको भनाइ छ। स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुहाउने क्रममा प्रजाको मंगलबार बेलुका ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

जुत्ताले बनायो जितेन्द्रलाई ‘हिट’

बलिउडमा ‘जम्पिङ ज्याक’ भनेर चिनिने अभिनेता जितेन्द्रले आफ्नो करियरमा धेरै हिट र ब्लकबस्टर फिल्म दिएका छन्। तर कहिलेकाहीँ उनी आफ्ना फिल्महरूमार्फत इतिहास लेख्थे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाउन्नेमा अब १० घण्टा सवारी रोकिने, वैकल्पिक मार्ग कहाँ र कस्ता छन्?

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा पर्ने दाउन्नेको उकारो-ओरालो घुम्तीमा वर्षौंदेखि सडकको काम हुन सकेको छैन। जसका कारण करिब १४ किलोमिटरको यो सडक पार गर्न अहिले लगभग ६-७ घण्टासम्म लाग्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य,  सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘कर युद्ध’ चर्कियो : अमेरिकाले चिनियाँ सामानमाथि कर थप्यो, अब १०४ प्रतिशत

अमेरिकाले चीनमाथि थप कर लगाउने घोषणा गरेको छ। अब चीनले अमेरिकामा सामान निर्यात गर्दा अतिरिक्त ५० प्रतिशतसहित १०४ प्रतिशतभन्दा धेरै कर तिर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला

नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भुरे राजाले शासन गरेको नरसिंहकोट जोड्न पदमार्ग

बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ। बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छः डा.भुपेद्र दास

वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरु निम्ताएको छ। नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ। जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ। सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शुक्रबारदेखि लाग्दै दुई एक्सन फिल्म, खुलाए अग्रिम टिकट बुकिङ

आउँदो शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ