बिएल संवाददाता
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले आफूमाथि लागेका कमिसनसम्बन्धि आरोपहरूलाई खारेज गरेका छन्।
उनले आफूमाथि लागेका आरोपहरू आधारहीन, भ्रामक र कपोलकल्पित भएको दाबीसमेत गरे। विभिन्न संचारमाध्यममा आफ्नो नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकाशन र प्रसारण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको साहले बताएका छन्।
मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाईएको दाबी गरेका छन्।
प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका-११ मा रहेको घुर्मी खोलामा तटबन्धन निर्माणसम्बन्धि योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ।
हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना विक्री वा कमिसनको प्रश्न नै नउठ्ने मन्त्री साहको दाबी छ।
मन्त्री साहले जनमत पार्टी नेतृत्वको प्रदेश सरकार सुशासन र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको मार्गमा रहेको उल्लेख गर्दै, पार्टीको लोकप्रियताले त्रसित केही समूहले मन्त्रीको चरित्र हत्या गर्न यस्ता आरोप लगाएको प्रतिआरोप लगाएका छन्।
मन्त्री साहले आफूमाथि लगाइएको आरोप प्रमाणित भएमा कानूनबमोजिम कारबाही भोग्न तयार रहेको बताए।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया