बिएल संवाददाता
गत चैत १५ को राजावादी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न थप २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भोजपुर अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
उनीहरूलाई आन्दोलनका समर्थक र भिडलाई उत्तेजित बनाएको, निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरी लुटपाट तथा अपराधिक उपद्रो गर्नुका साथै संगठितरूपमा आपराधिक गतिविधि गरेको आरोप लगाइएको छ।
उनीहरूविरुद्ध अदालतबाट २० दिनको म्याद थप लिइ अपराधिक उपद्रव कसुरमा अनुसन्धान सुरू गरिएको एसपी बोहराले बताए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया