शनिबार, १६ अगस्ट २०२५

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदैं

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फिल्म र नाटकको अभिनय सामान्य होइन तर फरकपन छ: दिब्यदेव

रंगमन्चमा स्थापित कलाकार दिब्यदेव पन्त पछिल्लो समय फिल्मको अभिनयमा व्यस्त छन्। सकरात्मक र नकरात्मक दुवै भूमिकामा फिट हुने गरेका पन्त निर्माता र निर्देशकहरुको रोजाइमा पर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीनमाथि कर थपेर राष्ट्रपति ‘सी’ को फोन कुरिरहेछन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथिको भन्सार कर फेरि थपिदिएका छन्। अब चीनले आफ्नाम सामग्रीहरू अमेरिकी बजारमा बेच्दा त्यसको थप १४५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ।  यसअघि बुधबारमात्रै ट्रम्पले यस्तो कर १२५ प्रतिशत पुर्‍याएका थिए। तर त्यसमा फेरि उनले २० प्रतिशत पहिला नै लागु भइसकेको कर पनि समावेश गर्दै १४५ पुर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा निर्धारण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज तीन संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘हट’ नागिन अर्थात् मौनी राय (तस्बिरहरू)

मौनी रायलाई दर्शकहरूले टीभीकी ‘हट नागिन’ भनेर चिन्छन्। तर पछिल्लो समय भने मानिसहरूले उनलाई ‘प्लास्टिक गर्ल’ भनिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको मौसमः सातै प्रदेशमा सामान्य वर्षाका सम्भावना

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा दुई महिला गम्भीर घाइते

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

आजबाट काठमाडाैँमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन गरिदै

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५  हुनेभएको छ। सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ।  सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ। सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विज्ञप्ति निकाल्दै नेपाल प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईं आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कहिल्यै हैकम नचलाएका ‘नमूना हाकिम’

इमानदार भएकै कारण अधिकारीले विभिन्न कालक्रममा धेरै हण्डरहरू खाएको कुरा उनकै पुस्तक ‘ओगिल्जा’ मा र नियमित प्रकाशन भइरहने उनकै लेखहरूबाट प्रष्ट हुन्छ। छट्टुहरूका लागि सरकारी जागिर फलिफाप सिद्ध छ भने इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको खासै स्थान छैन। उनी २०७५ सालमा कार्यालय नै नभएको ठाउँमा सरुवा गरिए र एकवर्षसम्म तनाव व्यहोरे। त्यस्तै लेखापालहरूका बदमासीका कारण पाउनुपर्ने भत्ताहरूबाट बञ्चित भए। मन्त्रीका स्वकीय सचिवले आफ्नो कुर्सी टेबुल र कार्यकक्ष नै हडपेपछि उनी दुई महिनासम्म बिदा लिएर बसे। बिदा सकिएपछि अनिवार्य अवकाश लिए र निरन्तर रुपमा साहित्य-लेखनमा तल्लिन भए। साथीले उनलाई ‘दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्’ पनि भनेका रहेछन्। तर उनले धनलाई पटक्कै महत्व दिएनन्। सेवाग्राहीले कोटको भित्री खल्तीबाट हजारका नोटको बिटो दिनखोज्दा सो फर्काइदिएको प्रसङ्ग पनि बताउँछन्। प्रलोभन देखाएर काम गराउन खोज्नेहरूलाई पनि उनले बेवास्ता गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकरिझ्याइँको राजनीति

हामी सबैलाई थाहा छः राजनीति मुलुक र जनताको मार्गनिर्देशन गर्ने साधन हो। यथार्थमा हुनुपर्ने नीतिको राज हो। तर, विडम्बना नीतिमाथि राज भइदिँदा यही राजनीतिमा स्वार्थ र धूर्तता मक्किएर विचारधारा बन्धक बनेको छ। जसको परिणाम स्वरुप जनतामा निराशा र वितृष्णा उत्पन्न भएको हो। समृद्धि ल्याउँछौं, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउँछौं, भ्रष्टाचार अन्त्य गर्छौं भनेको जनताले बर्षौंदेखि सुनेका छन्। तर सत्तामा पुगेपछि चुनावी नारा भुलिन्छन्, बाचा कागजमै सीमित रहन्छन्। जसको परिणाम स्वरुप आज जनता निराशा र वितृष्णाले ग्रस्त भएका छन्। जनतामा फैलिएको यही चरम निराशा र वितृष्णाको फाइदा उठाएर आफ्नो स्वार्थको रोटी सेक्न विभिन्न वर्ग र समूहहरू सलवलाउन थालेका छन्। जो राजनीतिलाई केवल शक्ति हत्याउने औजार ठान्छन्। उनीहरू सँग न कुनै योजना छ, न कुनै दृष्टिकोण छ, न त कुनै विचार छ, न त नेतृत्व दिन सक्ने सामर्थ्य नै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अश्लिल भिडियो देखाउँदै ब्ल्याकमेल गर्ने पूर्वप्रेमीका साथी पक्राउ

पीडित युवतीले आफ्ना प्रेमीलाई आफ्नो गोप्य भिडियो पठाउने गरेकी थिइन्। उनीहरूको सम्बन्ध टुटेपछि प्रेमीका साथी अधिकारीले भिडियो देखाउँदै युवतीलाई ब्ल्याकमेल गर्न थाले। अधिकारीले युवतीसँग पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्पर्क राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा हालि भाईरल गरिदिन्छु भन्दै धम्क्याउने गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। नेपाल प्रहरीको साइबर ब्यूरोको प्राविधिक विश्लेषणमा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनी पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री भन्छिन्ः विदेशबाट आउने अनुदान अझै घट्ने सम्भावना छ (भिडियोसहित)

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको छ। राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस  पनि बढाएर लगेका छौं। विदेशबाट आउने अनुदान जुन थियो त्यो अहिले संकुचित भएको छ। यो अझै पनि घट्ने सम्भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रहरू देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ। आत्मविश्वासका साथ लागेको छ। देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र  गतिमा अगाडि बढ्नुपर्ने छ। यसमा निजी क्षेत्र र सरकारको सहकार्यको  आवश्यकता छ। सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं। स्थिरता,  स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीनिकट शिक्षकहरूसँग देउवाको भेट, भने- तपाईंहरूको माग कांग्रेसले सम्बोधन गर्छ

कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्। देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए। शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्।  ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने। सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए। यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजु पाण्डेलाई तत्काल निलम्बन गर्न महानगरका कर्मचारी संगठनको माग

काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर प्रहरी पप्रमुख राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।  नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका पाँच संगठनले पहिलो बुँदामै पाण्डेलाई निलम्बन गरी छानबिन समिति बनाउँन माग गरेका हुन्। केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गर्न रोक लगाउने क्रममा भएको नगर प्रहरिको व्यवहारप्रति प्रश्न उठाउँदै उनीहरूले पाण्डेलाई तत्काल निलम्बन गरी तीन दिनभित्र छानबिन समिति बनाउँ माग गरेका छन्। मागपत्रको पहिलो बुँदामा भनिएको छ, ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलपति ओलीद्वारा त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। गत वर्षको फागुन १० मा त्रिवि उपकुलपतिमा नियुक्त भएका बरालले गत चैत चैत ११ गते राजीनामा दिएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका बरालको ट्युनिङ प्रधानमन्त्री ओलीसँग मिल्न नसकेको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्वाला संग्रौलाविरुद्ध अदालतको अवहेलना मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला उर्फ ज्वालाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै अवहेलना मुद्दा दर्ता गरिएको हो। काठमाडौं खुला विश्वविद्यालयमा एलएलबी प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन्। केसीले संग्रौलाले अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजेको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना खोजेको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं