बिएल संवाददाता
रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ।
बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर युवकको ज्यान गएको हो।
वृन्दावन नगरपालिका-१ तामाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। अत्याधिक गर्मीका कारण ती युवक नजिकको बलेरीस्थित बागमती खोलामा पुगेको स्थानीयवासीको भनाइ छ।
स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुहाउने क्रममा प्रजाको मंगलबार बेलुका ज्यान गएको हो।
खाडलको पाँचदेखि ६ फिट रहेको देखिन्छ। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया