आइतबार, १७ अगस्ट २०२५

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान  जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको  हो।

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध

काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ। आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

चन्द्रनगर गाउँपालिकाका किसान  विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन्। सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए। केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

राष्ट्रपति पौडेलबाट रामनवमी पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

चैत्र शुक्ल नवमी : आज रामनवमी पर्व मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रविजी गृहमन्त्री हुँदा पक्राउ पूर्जी काट्ने ‘रीति-थिति’ कस्तो थियो? रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै छैनः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत रवि गृहमन्त्री हुँदा पक्राउ पूर्जी काट्ने ‘रीति, थिति’ कस्तो थियो भन्ने सबैलाई जानकार रहेको र विशेषगरी रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै नरहेको दाबी गरेका छन्। उनले जे भएपनि यस्तै बेला सुधारको खोजी हुनु स्वाभाविक रहेको पनि प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘प्रहरीको पूर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन। तर पनि ‘सुधार’को खोजी यस्तै बेलामा हुने त हो नि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई थुनामा पठाउने उच्चको आदेशविरुद्ध सर्वोच्च जाने रास्वपाको तयारी

आफ्ना सभापतिलाई उच्च अदालतले थुनामा पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चको आदेशविरुद्ध सर्वोच्च जाने तयारी गरेको छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो। अदालतको आदेशसँगै प्रहरीले शुक्रबार राति नै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी रुपन्देही लगिसकेको छ। लामिछानेलाई सोमबार अदालतमा हाजिर गराउने प्रहरीले तयारी गरेको छ। अदालतमा उपस्थित गराएपछि लामिछाने कारागार चलान हुनेछन्। त्यसपछि रास्वपाले सर्वोच्चको ढोका ढक्ढक्याउने तयारी गरेको उपसभापति डा.स्वर्णिम वाग्लेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पूर्वराजालाई विश्वप्रकाशको सुझाव- ०८४ को चुनावमा ‘श्रीपेच चिह्न’ लिनुस्, दुई तिहाइ ल्याएर राजतन्त्र फर्काउनुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०८४ सालको निर्वाचनमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर  दुई तिहाइ जनमत ल्याएर राजतन्त्र फर्काउन चुनौती दिएका छन्। शनिबार झापाको मेचीनगर धुलाबारीमा पार्टीको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उनले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका हुन्। उनले भने, ‘०८४ सालमा चुनाव हुँदैछ। यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने ‘श्रीपेच चुनाव चिह्न’मा मत माग्नुहोस्। दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुहोस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा

आलोचना खप्न नसकेर भुटानी प्रधानमन्त्रीले हटाए बर्मेली तानाशाहसँगकाे तस्बिर

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले म्यान्मारका तानाशाही सैन्य शासक मिन आङ हाइङसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालबाट हटाएका छन्। अप्रिल ३ र ४ मा थाइल्याण्डको बैंककमा आयोजित दुई दिने बिमस्टेक बैठकमा म्यान्मारका सैन्य शासकसँग प्रधानमन्त्री तोब्गेले भेटवार्ता गरेका थिए। अप्रिल ४ मा तोब्गेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको बर्मेली शासकसँगको तस्बिरमा बर्मेलीहरूले व्यापक आक्रोश र आलोचना गरेपछि उनले सामाजिक सञ्जालबाट तस्बिर नै हटाएका छन्। पोस्टमा भुटानी प्रधानमन्त्रीले मिन आङ हाइङसँग भेट्न पाउँदा खुसी लागेको र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन काम गर्ने बताएका थिए। आलोचना बढ्दै गएपछि भुटानी प्रधानमन्त्रीले म्यान्मारका सैन्य तानाशाहसँगको भेटको फेसबुक पोस्ट अप्रिल ५ को बिहान हटाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वर्णिमको दाबी- रविविरुद्धको आदेश दुई घण्टामा लेख्न सम्भव छैन, तानाबाना पहिले नै बुनिएको देखिन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई चितवनको कार्यक्रमा बोल्न नदिन रातारात पक्राउ गरिएको दाबी गरेका छन्। चितवनमा आयोजित जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेलाई दुनियाँकै ठूलो अपराधी जस्तो गरेर धरपकड गरेको आरोप लगाए। उनले लामिछानेविरुद्ध आएको हिजोको फैसला बहस सकिएको दुई घण्टामा लेखिसक्ने सम्भावना नरहेको दाबी गर्दै पहिले नै तानाबाना बुनिएको दाबी पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुरै नबुझी ‘राजतन्त्र आउँछ’ भन्छन्, देशमा राजा ल्याउने ठाउँ नै छैनः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन्। शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारहरू गर्न सकिने तर राजा आउने कुरा भ्रम मात्र भएको टिप्पणी गरेका हुन्। ‘राजतन्त्र ल्याउने ठाउँ नै छैन। धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो  संभव छैन। राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ। त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अबको समय आईटीको हो, दुईचार वर्षपछि गर्छौं भन्यौं रेल छुटिसक्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा आईटीको सम्भावना धेरै भएपनि नेपाललाई सम्भावनाभन्दा बढी आवश्यकता रहेको बताएका छन्।  शनिबार एनसेल बाह्रखरी गल्फको आठौं संस्करणको कार्यक्रममा बोल्दै उनले आईटीको आवश्यकता महशुस गरेर काम गर्नुपर्ने बताए। उनले भने, ‘नेपालमा आईटीको एकदमै धेरै प्रचुर सम्भावना छ। सम्भावना जति छ त्योभन्दा बढी आवश्यता छ। यो आवश्यकतालाई महशुस गरेनौं र समयमा जोड्न सकेनौं भने वा दुईचार वर्षपछि गर्छौं भन्यौं भने पछि पर्नेछौं। रेल छुटिसक्छ। अहिले नै गर्नुपर्नेछ। आजै हामीले काम गर्नुपर्नेछ।’ उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन युवालाई भन्दा उत्पादनलाई बाहिर पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामीसँग पुर्खाको ‘जिन’ छ, नकारात्मकता होइन सकारात्मक हेर्नुपर्छः ओली

धानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन्। शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरू सिक्न सक्ने बताएका हुन्। उनले भने, ‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए। हाम्रो विकासलाई रोक्ने काम भएको थियो। हजुरबाका हजुरबाले त्यही गरे। हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ?, तर पुर्खाको जिन हामीसँग छ। हामी चाँडो सिक्न सक्छौं। विकासका कुराहरूमा छिटो सिक्ने सामर्थ्य छ। नेपालीहरू आमरुपमा इमान्दार र परिश्रमिक छन भनेर दुनियाँले चिनेको छ अहिले।’ साथै उनले समाजमा नकारात्मक पक्षहरू पनि रहेको बताए। उनले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभइ सकारात्मक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भृकुटीमण्डपको भाडा नतिर्नेको नाम सार्वजनिक, धमलाको साढे ४६ लाख

समाज कल्याण परिषदको स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक भएको छ। समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो। सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबसम्म छन्। बोर्डको १ करोड ६७ लाख बढी वक्यौता छ भने रिपोर्टर्स क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रूपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ। परिषदको भृकुटीमण्डप व्यवस्थाप विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शिक्षा र निजामती ऐन आगामी संसद अधिवेशनमा पास गराउँन कांग्रेस-एमाले प्रतिवद्ध’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरू छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरू प्रतिबद्ध रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरू बन्न नसक्दा धेरै समस्याहरू आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अवलम्बन गरेको बताए। उनले भने, ‘खासगरी पेशागत क्षेत्रलाई नयाँ संरचना अन्तर्गत व्यवस्थित गर्ने कुरामा एक प्रकारको अलमल भएको छ। निजामती ऐन बन्न नसक्दा, निजामती क्षेत्र अन्यौलताबाट गुज्रिरहेको छ। विद्यालय शिक्षा ऐन जारी हुन नसक्दा त्यस्तै प्रकारको समस्या शिक्षकहरूले भोगिरहनु परेको छ। तर अहिले दुइवटा दल मिलेर सरकार बनेपछि संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरूका सन्दर्भमा छिटोभन्दा छिटो कानून बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरू प्रतिबद्ध छन् र संयन्त्र बनाएर सहमती जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको दाबीः समय नमिलेर भारत भ्रमण गर्न सकिनँ, समयले साथ दिए छिट्टै जान्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले समय नमिलेकाले भारत भ्रमणमा जान नपाएको दाबी गर्दै समयले साथ दिए छिट्टै जाने बताएका छन्। शनिबार थाइल्याण्डको भ्रमणबाट स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै विविध कारणले भारत भ्रमण हुन नसकेपनि असम्भव भने नरहेको दाबी गरेका हुन्। ओलीले भने, ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ त्यस्तो कारणले मात्रै हो। यो बाहिर भारत भ्रमण अबरुद्ध भयो भनिएको छ, त्यस्तो होइन। काँडेतार लगाएको छ र कसैले? त्यस्तो हुँदैन, होइन।’ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने पनि जानकारी गराएका छन्। उनले समयले साथ दिए सगरमाथा संवादअघि नै आफ्नो भारत भ्रमण हुने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय एम्बुलेन्समा लागुऔषध ओसारपसार, चार पक्राउ

शनिबार ललितपुर भट्टेडाँडाको चेकपोष्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ। शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो। प्रहरीले लागुऔषधसहित भारतका २० वर्षीय समिर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोजन खातुन र २२ वर्षीय मोहम्मद उमर सिद्दिकीलाई नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक छानबिनका लागि भने सोचौंला’

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको सरकारले निष्पक्ष छानबिन गर्ने बताएका छन्। शनिबार थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार छानबिनका लागि तयार रहेको तर न्यायीक छानबिन भने हुनपनि सक्ने र नहुनपनि सक्ने बताए। उनले भने, ‘सरकारले निष्पक्ष छानबिन गर्छ। तर, अहिले नै न्यायीक छानबिन नभनौं, हुनपनि सक्छ, नहुनपनि सक्छ। सबै कुरामा न्यायीक छानबिन नै चाहिन्छ भन्ने पनि छैन। त्यसमा पनि विचार गर्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं