बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा आईटीको सम्भावना धेरै भएपनि नेपाललाई सम्भावनाभन्दा बढी आवश्यकता रहेको बताएका छन्।
शनिबार एनसेल बाह्रखरी गल्फको आठौं संस्करणको कार्यक्रममा बोल्दै उनले आईटीको आवश्यकता महशुस गरेर काम गर्नुपर्ने बताए।
उनले भने, ‘नेपालमा आईटीको एकदमै धेरै प्रचुर सम्भावना छ। सम्भावना जति छ त्योभन्दा बढी आवश्यता छ। यो आवश्यकतालाई महशुस गरेनौं र समयमा जोड्न सकेनौं भने वा दुईचार वर्षपछि गर्छौं भन्यौं भने पछि पर्नेछौं। रेल छुटिसक्छ। अहिले नै गर्नुपर्नेछ। आजै हामीले काम गर्नुपर्नेछ।’
उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन युवालाई भन्दा उत्पादनलाई बाहिर पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने बताए।
उनले भने, ‘हाम्रो इकोनोमीमा ठूलो धक्का चाहिएको छ। हाम्रा युवाहरू भन्दापनि हाम्रो उत्पादन बाहिर बेचेर विदेशी मुद्रा ल्याउनु पर्नेछ। ग्रोथ मात्र होइन रोजगार पनि चाहिएको छ। यी सबै कुराको लागि फिट हुने सेक्टर भनेको आईटी नै हो।’
उनले आईटी क्षेत्रको सम्भावनालाई महशुस गरेर सरकारले पनि २०२४ देखि २०३४ सम्मको लागि एउटा दशकको रुपमा मनाउने घोषणा गरेको जानकारी दिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया