आइतबार, ०९ अगस्ट २०२६

भारतीय एम्बुलेन्समा लागुऔषध ओसारपसार, चार पक्राउ

News Image
• • •

ललितपुर भट्टेडाँडाको चेकपोष्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा लुकाएर ल्याएको ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ।

शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो।

प्रहरीले लागुऔषधसहित भारतका २० वर्षीय समिर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोजन खातुन र २२ वर्षीय मोहम्मद उमर सिद्दिकीलाई नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गराएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!