बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन्।
शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारहरू गर्न सकिने तर राजा आउने कुरा भ्रम मात्र भएको टिप्पणी गरेका हुन्।
‘राजतन्त्र ल्याउने ठाउँ नै छैन। धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो संभव छैन। राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ। त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौं।’
साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने बताए। उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए।
उनले भने, ‘विभिन्न दल मिलेर संविधान बनाएको हो। त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ। दल भनेको त हतियार वा साधन हो नि। धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र?’ उनले थपे, ‘अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था, विविधता, जटिल भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया