बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन्।
शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरू सिक्न सक्ने बताएका हुन्।
उनले भने, ‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए। हाम्रो विकासलाई रोक्ने काम भएको थियो। हजुरबाका हजुरबाले त्यही गरे। हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ?, तर पुर्खाको जिन हामीसँग छ। हामी चाँडो सिक्न सक्छौं। विकासका कुराहरूमा छिटो सिक्ने सामर्थ्य छ। नेपालीहरू आमरुपमा इमान्दार र परिश्रमिक छन भनेर दुनियाँले चिनेको छ अहिले।’
साथै उनले समाजमा नकारात्मक पक्षहरू पनि रहेको बताए। उनले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभइ सकारात्मक भएको बताए।
उनले भने, ‘समाजभित्र केही निराश नहुनुपर्ने कुराहरू छन् भने केही कमीकमजोरी, नकारात्मक पक्षहरू पनि छन्। तर हामीले हेर्ने, खोज्ने भनेको नकारात्मकता होइन हामीले खोज्ने भनेको सकरात्मकता हो। हामीले हेर्ने भनेको संभावनाहरू हो। यसरी हेर्दाखरी हाम्रो भूगोल, प्रकृति जस्तो छ। सुन्दर मात्रै होइन प्राकृतिक, खनिजका हिसाबले अत्यन्तै सम्पन्न र धनी छ।’
यसैगरी ओलीले कामै लगाउनका लागि भए पनि नेपालीलाई बाहिरी देशहरूले प्राथमिकता दिने गरेको बताए। उनले अहिले ६० प्रतिशत सक्रिय जनसंख्या र ४० प्रतिशत युवा जनसंख्या भएकाले युवा जनसंख्याको लाभ लिन सर्तक नभए नरहन सक्ने बताए।
उनले भने, ‘लाखौं युवाहरू बाहिर गएर पनि अहिले परिश्रमी, मेहिनती भनेर विभिन्न देशमा कमसेकम कामै लगाउनका लागि भए पनि नेपालीलाई प्राथमिकता दिन्छन्। इमानको, मेहनतीपनको सधैं प्रशंसा भइ नै रहेको छ। अहिले पनि ६० प्रतिशत सक्रिय जनसंख्या छ। ४० प्रतिशत युवा जनसंख्या छ। सर्तक रहेनौं भने युवा जनसंख्याको लाभ नरहन सक्छ। यसमा अलि धेरै सर्तक रहन जरुरी छ।’
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया