बिएल संवाददाता
अनलाइन टीभी पत्रकार संघ, नेपालको आयोजनामा बिहीबार ‘रिपोर्टिङका बेला पत्रकार आफैंले अपनाउनु पर्ने सुरक्षा सतर्कता’सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए।
उनले भने, ‘हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौ। यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट रुपमा देखाउँछ। किनभने हामीले तयार गरेको भिडियोले के देखाउँछ, हामीले के देखाउँछौ त्यसकै आधारमा मान्छेको धारणा बनाउछन्। हामीले समाजलाई तस्बिर दिन्छौं। त्यो तस्बिर समाजले हेर्ने भएकाले समाज हामीले बनाउने हो।’
उनले आजको समाजले हरेक कुरालाई सामाजिक सञ्जालमार्फत नकरात्मक रुपमा मात्र लिइरहेकाले समाज एग्रेसिभ भएको बताए। समाज सुधारका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पनि बताए।
यस्तै, संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभी पत्रकारहरूलाई प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिताले नसमेट्ने भन्दै स्वनियमन गर्न निर्देशिका बनाएको जानकारी दिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया