बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघले लामो समयदेखि नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको बताएका हुन्।
उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड-१९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाव महसुश भएको छ। तर सरकार चुनौतिहरूको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको छ।’
मन्त्री भण्डारीले सरकारले उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा राखेको बताए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरू सरकारले थालेको बताए।
उनले भने, ‘उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ। हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरू थालेका छौं।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया