बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै नेता उस्तै हुन् भन्ने भाष्य गलत भएको दाबी गरेका छन्।
शनिबार वर्तमान राजनीतिक परिप्रेक्ष्यका विषयमा कुराकानी गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाउने सरकार र भ्रष्टाचारीलाई बचाउन सम्पूर्ण शक्ति प्रयोग गर्ने सरकार उस्तै हुन् भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन्।
‘जसरी सबै नेता उस्तै भन्ने छ, त्यो गलत छ भन्ने मेरो भनाई छ। मेरो त गहिरो आरोप छ। मान्छेहरूले यस्तो किन भन्छन्?’ उनले भने।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर-दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दास्रो पटकमा लोडसेडिङ अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए।
उनले भने, ‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भ्रष्टाचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै, भ्रष्टाचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ। मान्छेले भन्ने गरेका छन्- नेतातन्त्र, तीनजना नेता भन्ने गरेका छन् यो नै वैज्ञानिक छैन। कुन नेता कति राम्रो, कति नराम्रो हरेकको अलग अलग छानविन हुनुपर्यो। गम्भीर नागरिक, बुद्धिजिवीहरूले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ।’
उनले ऐतिहासिक रेकर्ड बनाउने सरकार र रेकर्ड भत्काउने सरकार उस्तै नहुने बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया