बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले आजको राजनीतिक प्रचण्डमुक्त हुनुपर्ने टिप्पणी गरेका छन्।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको अध्क्ष बन्न आग्रह गरेको देखि कांग्रेस नेता शेखर कोइरालालाई प्रधानमन्त्री बन्न गरेको आग्रहसम्म हेर्दा प्रचण्डको अस्थिरता पुष्टि हुने उनको बुझाइ छ।
बस्नेतले शनिबार सामाजिक सञ्जालमार्फत प्रचण्डले राजावादीको सक्रियतालाई देखाएर विद्या भण्डारीलाई एमालेको अध्यक्ष बन्न र माधव नेपालसहित आफू पनि कम्युनिष्ट एकतामा आउन तयार रहेको अधिव्यक्ति दिन थालेको दाबी गरेका छन्।
त्यस्तै प्रचण्डले शेखर कोइरालालाई प्रधानमन्त्री बन्न अफर गरेको र सँगसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि तपाईं नै प्रधानमन्त्री बन्नुस्, ओली सरकार ढाल्न बिनासर्त सहयोग गर्न तयार छु भनेर अफर गरेको बस्नेताको दाबी छ।
उनले भनेका छन्, ‘एक महिनाभित्रका प्रचण्डका यी अभिव्यक्तिहरू सुन्दा प्रचण्ड जतिको अस्थिर, सत्ताबिना बाँच्न नसक्ने र पार्टी र व्यक्तिहरूलाई आफू अनुकूल प्रयोग र दुरुपयोग गर्न सक्ने नेता कोही छैन भन्ने पुष्टि हुन्छ। त्यही भएर प्रचण्ड बिनाको नेपालको राजनीति आजको आवश्यकता हो।’
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया