बिएल संवाददाता
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्ट्राचार गर्ने एमाले हुनै नसक्ने टिप्पणी गरेका छन्।
नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको बृहत जागरणसभामा वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले भ्रष्टाचार र बेतिथि गर्नेलाई संरक्षण गर्ने पक्षमा नभएको बताए।
उनले भने, ‘भ्रष्टाचार गर्ने एमाले हुनै सक्दैन। यदि कोही एमालेभित्र रहेर त्यस्तो गर्छ भने त्यो एमालेमा रहँदैन। यो हाम्रो घोषणा हो। हामी यसमा प्रतिबद्ध छौं।’
फरक प्रसंगमा उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दण्डित गरिने अभिव्यक्ति दिए। घटनाको सम्पूर्ण जवाफेही पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताउँदै पोखरेलले दोषी देखिए पूर्वराजा नै भएपनि नागरिक सरह दण्डित हुने दाबी गरे।
‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘वास्तवमा यो चिजलाई भड्काएर देशलाई फेरि द्वन्द्वमा, हिंसामा लैजाने कोसिस भएको थियो। त्यसलाई हामीले बुझेका छौं। राज्यको तर्फबाट यथोचित छानबिन हुन्छ। त्यो दण्डनीय छ भने एउटा नागरिकले जसरी गलत काम गरेवापत दण्डको भागीदार हुनुपर्छ। त्यस्तै किसिमको भागीदार बनाउनेछौं।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया