बिहिबार, १४ अगस्ट २०२५

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने आधार, प्रमाण र कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्र सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा आदेश बदर गर्ने भन्ने आदेश दिनेछ। सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । रवि पत्नी निकिता पौडेलले पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा चैत २९ गते ‘थुनुवा दफा ७३’ निवदेन दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकको माग तत्काल पूरा गर्न सरकारको ध्यान जानुपर्छः देउवा

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु। छिट्टै मिलाएर आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरूको माग के हो? त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ।’ यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए। उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ। यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ। त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो। यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ। यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको सुनुवाइ सकिएको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको हो। आदेश आजै आउने बताइएको छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदेशीय टी-२० सिरिजमा कुवेतसामु नेपाल स्तव्ध, बसिरको उत्कृष्ट इनिङ गयो खेर

नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी-२० सिरिजको उपाधि हात पारेको छ। हङकङमा आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित निकालेको हो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेलेपनि जित दिलाउन सकेनन्। नेपालको ब्याटिङ लाइन धारासायी हुँदा सम्हाल्न आइपुगेका बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेपनि जित दिलाउन सकेनन्। नेपालका लागि कुशल भुर्तेलले ३ र कप्तान रोहित पौडेलले ७ रन जोड्दा आसिफ सेखले १४ बलमा २१ रन बनाए। कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

व्यवस्थाविरुद्ध टाउको उठाउन खोज्नेमाथि ‘सामूहिक प्रहार’ आवश्यक देखियोः आनन्दकुमार श्रेष्ठ

पुरातन राज्यव्यवस्था सञ्चालनको शैलीबाट देश अब अघि नबढ्ने उनको धारणा छ। ‘व्यवस्था परिवर्तनले मात्र सबै कुरा परिवर्तन हुँदैन, त्यसका लागि हाम्रा सकारात्मक प्रयास आवश्यक पर्दछ’, उनले भने। श्रेष्ठले हरेक कुराको नेतृत्व विचारले नै गर्ने बताउँदै विचार नबोकी गन्तव्यमा नपुगिने बताए। बिचार नभएका अराजकहरूले समाजलाई अराजक बनाउने बाहेक अन्य कुनै काम गर्न नसक्ने उनले स्पष्ट पारे। अहिलेको व्यवस्थामा देखिएका सानातिना कमजोरीलाई देखाएर यो व्यवस्थाका विरुद्ध टाउको उठाउन खोज्नेमाथि सामूहिक प्रहार आजको आवश्यकता भएको उनले स्पष्ट पारे। लोकतन्त्रमा प्रश्न उठाउन पाइने बताउँदै उनले निरङ्कुशतामा विचारमाथि समेत प्रतिबन्ध लाग्ने उनको भनाइ छ। दुवै खालको निरङ्कुशताको मारलाई बेहोरेर अहिलेको परिवर्तनमा देश पुगेको श्रेष्ठले बताए। ‘सबै आलोचनाले मानिसलाई कमजोर बनाउँदैन, बलियो पनि बनाउँछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

कर्फ्युपछि सुनसान विरगंज, ४० जना पक्राउ

पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई  पक्राउ गरेको छ। आइतबार बिहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। स्थानीय प्रशासनले लगाएकोकर्फ्यु उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए। स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय थपेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

रविको रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाइ जारी

रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गरिएको रिटको सुनुवाइ जारी छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदेशीय सिरिज जित्न नेपालले पायो १७५ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै

हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको उपाधिका लागि नेपालले नेपालले १७५ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। त्यस्तै क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ रन बनाउँदा मिट भावसारले १६ रन बनाए। बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

विरगंजमा लम्बियो कर्फ्यु, सेना परिचालन

विरगंजमा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त भएपछि हिजोदेखि लगाइएको कर्फ्युको समय थप गरिएको छ। शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। हिजो साँझ साढे ६ बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी कर्फ्युको समय आज राती १२ बजेसम्मका लागि थप गरिएको छ। कर्फ्युको समयमा पनि झडप नरोकिएपछि स्थिति सामान्य बनाउन र शान्ति सुव्यवस्था कायम गराउन भन्दै सेना समेत परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ?

गत चैत २९ गतेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा ल्याएर बयान गराउनुपर्ने धारणा राखे। उनले चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनामा सन्दर्भमा पूर्वराजाको भूमिका रहेको भन्दै संसदीय समितिमा बोलाएर बयान लिनुपर्ने बताएका थिए। परियारको भनाइपछि राजनीतिक वृतमा पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ कि मिल्दैन? भन्ने विषयमा बहस सुरु भएका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा पूर्वराजा एक सामान्य नागरिकको हैसियतमा रहेकाले संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा केपी ओली उतार्दा एमालेको साढे १२ लाख खर्च, सरकारको एक रुपैयाँ पनि नलिएको दाबी

नेकपा एमालेले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ। एमाले कोशीले सार्वजनिक गरेको विवरणअनुसार सभाका लागि १२ लाख ६५हजार खर्च भएको छ। कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। आइतबार प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले कार्यक्रममा सरकारको एकपैसा पनि नलिएको दाबी गरे। उनले कार्यक्रममा सहभागीहरूले वडा-वडाबाट आफ्नै खर्चमा सहभागी भएको दाबीसमेत गरे।  वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

चारदेशीय टी-२० सिरिज फाइनलः नेपाल टस जितेर फिल्डिङमा, कुवेतको आक्रमक सुरुवात

हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरेको छ। कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रेको हो। ताजा अवस्थामा कुवेतले ३ ओभरको समाप्तिमा बिना विकेटको क्षति ४० रना बनाएर खेलिरहेको छ। नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

सुनको मूल्य फेरि उच्चबिन्दुमा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलार्मा क हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षकहरू अझै सडकमै, सरकार ‘छलफल’मै

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयहरूमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्। वार्षिक परीक्षाका नजिता प्रकाशन गरेर वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्नुपर्ने विद्यालयहरू आन्दोलनकै कारण बन्द अवस्थामा छन्। नतिजासमेत प्रकाशन हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कस्ताे छ आजको मौसम?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हङकङ टी-२०आई प्रतियोगिताको फाइनल: नेपाल र कुवेत खेल्दै

हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन्। खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुटवल-नारायणगढ सडक सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

बोडेका २८ वर्षीय सुजनले वैशाख २ गते तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनेभएका छन्।  नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थियो। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

विरगंज तनावग्रस्तः कर्फ्यु आदेश जारी

पर्साको वीरगञ्जमा दुई पक्षबिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा आज साँझ ६ः३० बजेदेखि  आइतबार मध्याह्न १२ बजेसम्म रहने उल्लेख छ। पूर्वमा भेडियाहिचोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी गरेको छ। सो सिमानाभित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउलगायत गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज