बिएल संवाददाता
नेकपा एमालेले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ।
एमाले कोशीले सार्वजनिक गरेको विवरणअनुसार सभाका लागि १२ लाख ६५हजार खर्च भएको छ। कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।
आइतबार प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले कार्यक्रममा सरकारको एकपैसा पनि नलिएको दाबी गरे।
उनले कार्यक्रममा सहभागीहरूले वडा-वडाबाट आफ्नै खर्चमा सहभागी भएको दाबीसमेत गरे। वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए।
राईले भने, ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्यो भन्ने पनि सुनें। हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौं। हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला-ठुला सभाहरू गर्न सक्छौं।’
राईका अनुसार कार्यक्रमका लागि मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै स्वयंमसेवक परिचालनका लागि ३ लाख, झन्डा, ब्यानरलगायत प्रचारका सामानका लागि १ लाख रुपैयाँ लागेको छ।
त्यस्तै विज्ञापन/ प्रचार प्रसारका लागि १ लाख २० हजार र झाँकीका लागि ३५ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै विविध शीर्षकमा १ लाख रुपैयाँ खर्च भएको देखाइएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया