बुधबार, १३ अगस्ट २०२५

१२ देशका राजदूतलाई इलाममा परराष्ट्र मन्त्रालयको ‘डिप्लोम्याटिक रिट्रिट’

नयाँबर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन्। परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन्। उनीहरूले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरू खिचेका थिए। त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन्। परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवर्द्धनका लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन्। मन्त्री देउवासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे। होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जिब्रो छेंडेर मनाइने ‘बिस्का’ जात्रा : केही मिथक, केही सत्यांश

एउटा बोडेमा बिस्का जात्राको दिन मनाइन्छ भने अर्को थिमिमा पूर्णिमाका दिन मनाइन्छ। थिमिमा मनाइने जिब्रो छेड्ने जात्रासँग सम्बन्धित जात्राको इतिहासलाई खोतल्ने हो भने जिब्रो छेडिसकेपछि सियोलाई निकालेर बोडेको हकमा गणेश मन्दिरको दलिनमा गएर ठोक्ने गरिन्छ। थिमिको हकमा भने बालकुमारी मन्दिरको थाम र काठको स्टकचरमा लगेर ठोकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीरगन्जमा कर्फ्यू हटाएर निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षकलाई सडकमै छोडेर भर्ना अभियान सुरु, प्रधानमन्त्रीले के भने?

तर शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारी शिक्षकजति आन्दोलनमा भएका कारण यसपालि यो भर्ना अभियान प्रभावित हुनेछ। लामो समयदेखि शिक्षकहरू आन्दोलनमै रहेपछि सरकारी विद्यालयमा वार्षिक परीक्षाका नतिजासमेत प्रकाशित हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग  पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन्।  नव वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका हुन्। ‘आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संविधान बाहिर जान सकिन्न, चित्त नबुझे संशोधन गर्न सकिन्छः प्रकाशमान सिंह

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलाफमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन्। काभ्रेको नमोबुद्द नगरपालिका-१ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिए। ‘जे गर्नुपर्ने हो संविधानभित्रै बसेर नै आफ्नो कामहरू गर्न सक्नुपर्छ। कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलाफमा गएर केही हुँदैन’, उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। चित्त नबुझेको कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ। संविधान सशोधन गर्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन पुगेर प्रचण्डले भनेः अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आधारहरू बनेको दाबी गरेका छन्। आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा नयाँ वर्षमा नयाँ सरकारको सम्भावना रहेको बताएका हुन्। उनले आफ्नो ध्यान सरकारतिर नभउपनि पछिल्लो राजनीतिक परिस्थितिले त्यतैतिर होहोर्‍याएको बताए। प्रचण्डले भने, ‘हाम्रो ध्यान सरकारतिर त्यति छैन। तर यो सरकार धेरै अगाडि जान सहज नभएको परिस्थिति देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ।’ उनले आफूले पहिलेदेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘राजा’काे सन्देश: तीनकुने घटनामा दुःखी, जनता जागेकाेमा ‘खुसी’

उनले भनेका छन्, ‘केही दिनअघिको जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुनप्रकारको मानवीय र भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’ उनले सबै नेपालीहरूलाई एकतावद्ध हुन आह्वानसमेत गरेका छन्। उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद नहुने बताए। उनले भनेका छन्, ‘हाम्राे आह्वान कसैकाे निजी स्वार्थपूर्तिका लागि हाेइन। कुनै सैद्धान्तिक वाद र विचारकाे हाेइन। समग्र नेपाल र नेपालीकाे सुखमय प्रतिष्ठाकाे निम्ति हाे। हरेक समस्याकाे समाधान आसपी सहकार्य, समन्वयबाट हुन्छ।’ पूर्वराजाले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमाेजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाकाे परम्परामा आफ्नो मान्यतामा सधैं अडिग रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै जनकपुरमा राजावादीहरूको प्रदर्शन

जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ। गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयं जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन एवं जुलुस निकालिएको हो। आइतबार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको हो। उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

पेस्तोलसहित एक भारतीय पक्राउ

सशस्त्र प्रहरी बलले रौतहटबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो। होटेलबाहिर मदिरा सेवन गरेर हो-हल्ला एवं झै-झगडा गरिरहेको सुचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको साथबाट पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान बरामद गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने आधार, प्रमाण र कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्र सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा आदेश बदर गर्ने भन्ने आदेश दिनेछ। सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । रवि पत्नी निकिता पौडेलले पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा चैत २९ गते ‘थुनुवा दफा ७३’ निवदेन दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकको माग तत्काल पूरा गर्न सरकारको ध्यान जानुपर्छः देउवा

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु। छिट्टै मिलाएर आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरूको माग के हो? त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ।’ यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए। उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ। यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ। त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो। यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ। यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको सुनुवाइ सकिएको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको हो। आदेश आजै आउने बताइएको छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदेशीय टी-२० सिरिजमा कुवेतसामु नेपाल स्तव्ध, बसिरको उत्कृष्ट इनिङ गयो खेर

नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी-२० सिरिजको उपाधि हात पारेको छ। हङकङमा आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित निकालेको हो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेलेपनि जित दिलाउन सकेनन्। नेपालको ब्याटिङ लाइन धारासायी हुँदा सम्हाल्न आइपुगेका बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेपनि जित दिलाउन सकेनन्। नेपालका लागि कुशल भुर्तेलले ३ र कप्तान रोहित पौडेलले ७ रन जोड्दा आसिफ सेखले १४ बलमा २१ रन बनाए। कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

व्यवस्थाविरुद्ध टाउको उठाउन खोज्नेमाथि ‘सामूहिक प्रहार’ आवश्यक देखियोः आनन्दकुमार श्रेष्ठ

पुरातन राज्यव्यवस्था सञ्चालनको शैलीबाट देश अब अघि नबढ्ने उनको धारणा छ। ‘व्यवस्था परिवर्तनले मात्र सबै कुरा परिवर्तन हुँदैन, त्यसका लागि हाम्रा सकारात्मक प्रयास आवश्यक पर्दछ’, उनले भने। श्रेष्ठले हरेक कुराको नेतृत्व विचारले नै गर्ने बताउँदै विचार नबोकी गन्तव्यमा नपुगिने बताए। बिचार नभएका अराजकहरूले समाजलाई अराजक बनाउने बाहेक अन्य कुनै काम गर्न नसक्ने उनले स्पष्ट पारे। अहिलेको व्यवस्थामा देखिएका सानातिना कमजोरीलाई देखाएर यो व्यवस्थाका विरुद्ध टाउको उठाउन खोज्नेमाथि सामूहिक प्रहार आजको आवश्यकता भएको उनले स्पष्ट पारे। लोकतन्त्रमा प्रश्न उठाउन पाइने बताउँदै उनले निरङ्कुशतामा विचारमाथि समेत प्रतिबन्ध लाग्ने उनको भनाइ छ। दुवै खालको निरङ्कुशताको मारलाई बेहोरेर अहिलेको परिवर्तनमा देश पुगेको श्रेष्ठले बताए। ‘सबै आलोचनाले मानिसलाई कमजोर बनाउँदैन, बलियो पनि बनाउँछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

कर्फ्युपछि सुनसान विरगंज, ४० जना पक्राउ

पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई  पक्राउ गरेको छ। आइतबार बिहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। स्थानीय प्रशासनले लगाएकोकर्फ्यु उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए। स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय थपेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

रविको रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाइ जारी

रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गरिएको रिटको सुनुवाइ जारी छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं