बिएल संवाददाता
जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ।
गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयं जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन एवं जुलुस निकालिएको हो।
आइतबार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको हो। उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन्।
तीनकुने घटनामा सरकारले स्वयं दमन गरेर अश्रुग्यास प्रहार गर्न लगाएको आरोप समाजका अध्यक्ष प्रकाशजंग राणाले लगाएका छन्। उनले राष्ट्रवादी नेताहरूलाई झुटा आरोप लगाउँदै मुद्दा चलाएर सरकारले जेल हालेको गलत रहेको बताए।
पञ्चायतकालमा पनि यती धेरै अत्याचार नभएको बताउँदै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरूलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए।
जनकपुरधामको जनक चोकबाट राष्ट्रिय झण्डासहित निकालिएको जुलुसमा पाँचसय बढीको सहभागिता थियो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया