बिएल संवाददाता
नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी-२० सिरिजको उपाधि हात पारेको छ।
हङकङमा आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित निकालेको हो।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेलेपनि जित दिलाउन सकेनन्। नेपालको ब्याटिङ लाइन धारासायी हुँदा सम्हाल्न आइपुगेका बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेपनि जित दिलाउन सकेनन्।
नेपालका लागि नन्दन यादवले १४ बलमा ४ छक्का र दुई चौकासहित ३७ रन जोडे। आसिफ सेखले १४ बलमा २१ रन बनाउँदा कुशल भुर्तेलले ३ र कप्तान रोहित पौडेलले ७ रन बनाए। कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।
सिरिजमा यसअघिका दुई भेटमा नेपालसँग स्तव्ध भएको कुवेतले फाइनलमा भने नेपाललाई नै स्तव्ध बनाइदियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया