बिएल संवाददाता
नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी-२० सिरिजको उपाधि हात पारेको छ।
हङकङमा आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित निकालेको हो।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेलेपनि जित दिलाउन सकेनन्। नेपालको ब्याटिङ लाइन धारासायी हुँदा सम्हाल्न आइपुगेका बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेपनि जित दिलाउन सकेनन्।
नेपालका लागि नन्दन यादवले १४ बलमा ४ छक्का र दुई चौकासहित ३७ रन जोडे। आसिफ सेखले १४ बलमा २१ रन बनाउँदा कुशल भुर्तेलले ३ र कप्तान रोहित पौडेलले ७ रन बनाए। कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।
सिरिजमा यसअघिका दुई भेटमा नेपालसँग स्तव्ध भएको कुवेतले फाइनलमा भने नेपाललाई नै स्तव्ध बनाइदियो।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया