बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा हामीले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौं।’
यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोश रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए।
उनले भने, ‘अपारदर्शी र अलोकतान्त्रिक तरिकाले संविधान मिचेर अहिलेको सरकार बनेको छ। त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोश छ। असन्तुष्टि छ, सडकमा जनता विभिन्न रुपमा उत्रिएका छन्। शिक्षक, डाक्टर, नर्स सबै आन्दोलनमा छन्। सरकारमा भएका बाहेकका पार्टी पनि सडकमा नै छन्। यो अवस्थामा हामीले देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुछ।’
पार्टी केन्द्रीय सदस्य रामकुमार राईको संयोजनमा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको पार्टी प्रवेशमा सय जना प्रवेश भएका छन्।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया