बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको प्रसङ्गलाई थप प्रस्ट पारेका छन्।
केही दिनअघि देउवाले भारत राजतन्त्रको पक्षमा नभएको भन्ने अभिव्यक्ति दिएका थिए। त्यसलाई सच्याउँदै उनले नेपालका राजदूतसँगको भेटमा आदित्यनाथले भारतको धारणाबारे प्रस्ट पारेको बताए।
योगी आदित्यनाथ दिल्लीको दूतावासमा नभएर नेपालका राजदूतले आदित्यनाथलाई भेटेको र त्यो भेटका क्रममा भारतबारे नेपालमा भ्रमहरू फैलाइएको बताएका थिए।
‘अस्ति मैले बोल्दा गलत सूचना भयो। भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’ शनिबार स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवलाई सम्बोधन गर्दै देउवाले भने ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दूतावासमा आउनुभएको होइन। यो पनि म खण्डन गर्न चाहन्छु।’
गत फागुन २५ गते पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्नेहरूको भीडमा एकजनाले योगी आदित्यनाथको तस्विर बोकेको फोटो र भिडियो भाइरल भएका थिए। त्यसलाई भारतीय सञ्चारमाध्यमहरूले पनि स्थान दिएका थिए।
यद्यपि भारत सरकार र योदी आदित्यनाथ पनि यसबारेमा आधिकारिक बोलेका छैनन्।
केही समययता नेपालमा राजावादीहरूले दिनहुँजसो आन्दोलन गरिरहेका छन् र त्यसलाई भारतीय सञ्चारमाध्यमहरूले पनि निकै चासोका साथ प्रकाशन/प्रशारण गर्दै आएका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया