बुधबार, २६ अगस्ट २०२६

अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?

कांग्रेस कमजोर हुँदा देशमा प्रजातन्त्र नै कमजोर हुन्छ। कांग्रेस कमजोर हुँदा प्रतिगामीहरूको चलखेल बढेर जान्छ। एमाले होस् या माओवादी दल या अन्य कुनै दल हुन्, उनीहरूका लागि कांग्रेस राजनीतिक रुपमा एकअर्कामा प्रतिद्न्दी भएपनि कांग्रेस नफुटोस् एक ढिक्का रहोस् भन्ने राजनीतिक विचार बोकेका छन् उनीहरूले।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’

हामीले आफूलाई केवल मतदाता मात्र होइन, जिम्मेवार नागरिकको रूपमा बुझ्न आवश्यक छ। चुनावमा भोट हालेर कर्तव्य सकियो भन्ने सोच लोकतन्त्रका लागि पर्याप्त हुँदैन।

संगीता अर्याल

संगीता अर्याल - काठमाडाैं

बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्

फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा झण्डै दुई तिहाइ मत १८२ सिट ल्याएर रास्वपाले नेपालकै इतिहासमा इतिहास बनाउदै काठमाण्डौंका पूर्वमेयर वर्तमानमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्‍यो।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?

कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए। २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग

नेपाली सेनाका अवकाशप्राप्त महा सेनानी माधबसुन्दर खड्काले पूर्वमन्त्रीहरू र कर्मचारीहरूको घरमा सुसारेका रुपमा कार्यरत सैनिक जवानहरूलाई फिर्ता बोलाउन सरकारलाई अनुरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)

यो श्यामूलको कथा हो, जसले हिमाचलका भन्दा अग्ला ‘नशा’का पहाडहरू छिचोल्दै आफूलाई जीवनको समथर बाटोमा उभ्याउन सके।

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडाैं

क्रान्तिको नाममा लुट, देशको नाममा धोका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली— जो सधैं सादगी, राष्ट्रवाद र सिद्धान्तको कुरा गर्छन्—उनको वरिपरि देखिने शक्ति संरचना, सुरक्षा घेरा र खर्चको विवरण हेर्दा लाग्छ, यो कुनै समाजवादी नेता होइन, दरबारको अवशेष हो। जनता पेट काटेर बाँचिरहेका छन्, नेता भने करदाताको पैसामा राजश्री जीवन बाँचिरहेका छन्।

अरुण सापकोटा

अरुण सापकोटा - काठमाडौं

दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?

रास्वपाले वाचापत्रको ९९औं वाचामा ‘दोहोरो नागरिकता’ र करारपत्रको पाँचौं प्राथमिकतामा ‘वंशजको नागरिकताको निरन्तरता’को करार गरेको छ । बहुमत आएको खण्डमै यस्तो गर्ने वाचा र करार गरेको रास्वपाको बहुमत मात्र हैन, दुई कम दुईतिहाई नै आएको छ । अब रास्वपालाई फलानो वा ढिस्कानो कारण देखाएर गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकताको प्रावधान लागु गर्न सकिएन भन्ने छुट छैन ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…

शुक्रबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षाका कारण सार्वजनिक यातायातसम्म पुग्न असहज हुँदा यात्रुहरूले सहजताका लागि ट्याक्सी खोज्नुपर्ने बाध्यता हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ

नेपालको डतिहासमा फर्केर हेर्दा पृथ्वीनारायण शाहले देश एकीकरण गर्दै एउटा गहिरो सन्देश दिएका थिए– ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो।’ यो वाक्य केवल एउटा राजनीतिक भनाइ थिएन, यो नेपालको आत्मा थियो।

संगीता अर्याल

संगीता अर्याल - डेनमार्क, युरोप

सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार

यो चुनावका बाहुबली हुन् बालेन । उनको नाममा ब्राण्डिङ भएको बालेन वेगले नै देशमा घण्टी टिनीनी मात्र, टनन नै बजायो । यतिबेला उनीबाट देश र तमाम देशवासीले ठूलो आशा गरेका छन्, त्यो आशा पूरा गर्न सफलता मिलोस् । शुभकामना ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्‍यो’ (भिडियाेसहित)

चार महिनाअघि गहभरि आँसु बनाएर रुपाले आमासित भनेकी थिइन्, ‘म बाहिर बस्न सक्दिनँ। मलाई समाज र प्रहरीले राम्रो मान्दैन। म फेरि रिह्याब सेन्टर बस्न चाहन्छु। अब म सुध्रिन चाहन्छु आमा!’

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडाैं

रापिएको ‘रविमण्डल’

गत भदौमा भैरहवा कारागारको एउटा अँध्यारो कोठाको मधुरो भित्तामा रवि लामिछानेले लेखेका थिए ‘यो युगमा अब कृष्णहरू जन्मिने छैनन् तर अन्यायका विरुद्ध लड्न अब जन्मिएका धेरै मानिस कृष्णजस्तै बन्नुपर्नेछ…।’

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडौं

झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार

योसँगै केपी ओलीको अहंकारको राजनीति झापामै ढलेको छ। झापा विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदायका ओलीको पतन झापामै पुगेर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा

मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमै यस्तो बालेन बेग छ कि त्यहाँ अरू कोही टिक्ने स्थिति नै छैन । यो बेगले रास्वपाको नाममा सिन्को ठडाए पनि जित्ने र बाँकि सबै बढारिने स्थिति छ । यो अजब गजबको स्थितिले गगन थापा पनि जोगिने छाँट छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले

देशमा बाहुबली बालेनको बेग थामिनसक्नु छ। पछिल्लो ट्रेण्ड हेर्दा रास्वपालाई प्रत्यक्षतर्फ बहुमत ल्याउनबाट कसैले रोक्ने देखिदैन । समानुपातिकतर्फ पनि यही ट्रेन्ड रहने हो भने त रास्वपाले दुईतिहाई नै जित्न पनि सक्छ ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई - दमक, झापा

सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू

सरकारका चलाउनका लागि उनले खोजेका धेरै सारथीहरू अन्तिम समयमा उनको साथ छोडेर चुनावी मैदानमा नारिए। र, पनि उनले हार मानिनन्। लक्ष्य प्रस्ट थियो। गन्तव्य छर्लङ्ग थियो। उनिभित्रै जिन्दगीभरि दरिएको एउटा आँट थियो। कैयौं नैराश्यताका बीचमा पनि उनले एउटा हठ भने छोडिनन् ‘फागुन २१ मा चुनाव हुन्छ हुन्छ…।’

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडौं

मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी

आमा सत्य हो भने बाबु विश्वास, जीवनचाँहि संजोग मात्रै हो । आज फागुन २१, २०८२ साल, म सत्य, विश्वास र संजोगले त्रिवेणी बनेको  झापा ५ को डेटलाइनमा यो ब्लग लेखिरहेको छु । यतिबेला सिलिण्डरको अक्सिजनले जीवनको अन्तिम क्षण बाँचिरहेकी मेरो आमा हातले इशाराको घण्टी बजाइरहेकि छन् ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई - दमक, झापा

देशैभरि गड्गडाइरहेको ‘गगन’

देशको राजनीतिक परिस्थितिले निम्त्याएको एउटा आकस्मिकता अनि पार्टीभित्रै फुट्दै गरेको पुस्ता विद्रोहको विष्फोटलाई सम्हाल्दै गगन यतिबेला पार्टीको नेतृत्वमा छन् अनि सिङ्गो देशको नेतृत्व गर्ने एउटा र उत्कट सपना बोकेर मधेसको चुनावी राजमार्गमा कुदिरहेका छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - सर्लाही

माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर

माओवादी युद्ध सुरु भएकै थिएन तर रोल्पाली गाउँहरूमा त्यो बेला ‘युद्ध’का झिल्काहरू झिल्किदैं थिए।  नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूलाई माओवादीहरूले गाउँगाउँबाट लखेटिरहेका थिए। राजनीतिका फरक बिचारलाई उनीहरूले सहनै सक्दैनथे। अरुहरू माओवादीका अघि टिक्नै सक्दैनथे। त्यो भयानकताले लखेटेको एउटा राजनीतिक नाम हो- अमरसिंह पुन।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - बाँके