शनिबार, ०८ नोभेम्बर २०२५

आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय, आज शान्तिबाटिकामा प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समितिको बैठकले राजावादी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आगामी कार्यक्रमहरू अझै मजबुत तरिकाले अगाडि बढाउने गरी बैठकमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो। आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ। शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि सीआईबीले छानबिन गरिरहेको थियो, अहिले त्यो अवस्था होइनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि कान्तिपुरका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे। ‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन,’ ओलीले भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन। त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौं ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता (भिडियाेसहित)

जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजावादीका लागि दरबारमार्ग ‘निषेधित क्षेत्र’

प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल घुम्तीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  गणतन्त्र दिवसका दिन शान्ति बाटिकाबाट प्रदर्शन सुरु गरेका राजावादीहरूले अब निरन्तर आन्दोलनको घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी नेतृत्वलाई शेखर कोइरालाको ‘कडा खबरदारी’ (भिडिओसहित)

‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन। हामी सरकारमा छौं तर सत्तामा छैनौं। राज्यको सत्ता बेग्लै कुरा हुन्छ। सरकार बेग्लै कुरा हुन्छ। मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ’ कोइरालाले भने। प्रधानमन्त्री काठमाडौं कब्जा गर्नेजस्ता उत्तेजक भाषण दिँदा पनि काँग्रेस चुप लागेर बसेको उनको आरोप थियो। त्यस्तै उनले आफू फुर्सद नभएको बाहाना गरेर राष्ट्रिय मानवअधिकारको कार्यक्रममा नगएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकअर्कालाई ‘प्रोजेक्सन’ गर्न सक्लान् शेखर-गगनले?

कम्युनिष्ट शक्तिको प्रभाव बढी रहेको त्यो अवस्थामा गिरिजाप्रसाद कोइरालाले काँग्रेसलाई जोगाएर अघि बढाएका थिए। यतिबेला पनि गैर काँग्रेस पक्ष हावी भइरहेको अवस्थाको जायजा लिन काँग्रेसले नै पहलकदमी लिन जरुरी देखिन्छ। यदी काँग्रेस एकजुट भएन भने लोकतन्त्र, गणतन्त्र र संसदीय अभ्यास नै संकट उन्मुख देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा भित्रियाे मनसुन

नेपालमा यो वर्षको मनसुन भित्रिएको छ।  यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो। गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बढुवा भएका ११ डिआइजीको पदस्थापन, को कहाँ?

प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा भएका ११ जना डिआइजीहरूको पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार ११ जना डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चर्काे घाममा राजावादीको प्रदर्शन, ‘राजा फर्काउने’ अडान (तस्बिरहरू)

राजसंस्था पुनस्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन गरेका छन्। जेठ १५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका उनीहरूले आज भने माइतीघर मण्डलामा गरेका हुन्।   नवराज सुवेदी नेतृत्वले गरेको 'जनआन्दोलन'मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले सहभागी जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्री विष्णु पाैडेलका दश बुँजे बजेट ‘हाईलाइट्स’

‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ। आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ। होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ। आगामी आर्थिक वर्ष २०८२।८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफतावलाई सफाई दिने न्यायाधीशमाथि छानिबिन गर्न उजुरी

आफूलाई ‘देशभक्त नागरिक’ भनेर चिनाउँदै आएका युवराज पौडेलले न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न भन्दै परिषदमा उजुरी हालेका हुन्।  अफतावमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो। यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला गरेपछि उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले पनि संसद चल्न नदिनेमाओवादीले पनि संसद चल्न नदिने

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि राजीनामा गर्न प्रतिपक्षको ब्यापक दबाव छ। यसअघि माओवादी, राप्रपा र रास्वपालगायतका दलहरूले संसद अवरुद्ध गरेका थिए। तर बिहीबार बजेट पेश गर्ने बेलामा उनीहरूले अवरोध गरेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको रोकिएको अभियान फेरि सुरु हुँदै

नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ।  माओवादी केन्द्रको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे।  लमजुङबाट सुरु हुने अभियान जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अमेरिकामाथि अर्को आतंकवादी आक्रमण हुनसक्छ’

लाङ्लीले उनीहरूको उद्देश्यबारे प्रस्ट पार्दै भनेका छन् ‘उनीहरू पश्चिम अफ्रिकाको विशाल समुद्री तटसम्म पुगेर नयाँ आयस्रोतहरूको खोजी र अमेरिकालगायत विश्वभर नै आतंक फैलाउने रणनीति लिएर अघि बढेका छन्।’  आफूहरूले ती आतंकवादी गतिविधिहरूलाई नजिकैबाट शूक्ष्मरुपले नियालीरहेको बताउँदै पत्रकारहरूसँग लाङ्लीले भनेका छन् ‘उनीहरूले अमेरिकामाथि नै आक्रमण गर्नेगरी क्षमता विकास गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनको अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

सभामुख देवराज घिमिरेले मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्। शुक्रबार ११ बजे सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ। उक्त छलफलमा सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणबारे कुराकानी हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कर असुल्न’ छुट पाए ट्रम्पले

‘अमेरिकाको सुरक्षा, अमेरिकी जनताको चाहना र वैदेशिक नीति अनि आर्थिक नीति राजनीतिक अंगले तय गर्छन् वा देशको कार्यकारी प्रमुखले त्यसलाई कार्यान्वयन गर्नसक्छन् नकि कुनै अदालत वा कुनै अभियान्ताजस्ता न्यायाधीशहरूले…’ ह्वाइट हाउसले पुनरावेदन अदालतमा दिएको निवेदनमा भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं केन्द्रित भए राजावादी, ‘राजा फर्काएरै’ छोड्ने

आज पनि उनीहरूले माइतीघरमा प्रदर्शन र नारा जुलुस गर्ने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभरिबाट आएकाहरूलाई काठमाडौंमै बस्नेगरी योजना बनाउनका लागि आह्वान गरेका थिए। त्यस्तै उनले राजधानीवासीलाई पनि साथ दिन अपिल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटमा रास्वपाः घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ, खर्च हुने आधारहरू देखिदैन

रास्वपा उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू नभएको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए। उनले भने,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ। अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ । तर यो पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू छैन्। अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रत्नपार्कबाट लिङ्देनको उद्घोषः गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन्। बिहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए। उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो। भर्खर प्रारम्भ मात्र भएको छ। गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ। यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ। जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन्। आज यो पनि प्रमाणित भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं