पीएसओ खोसिएपछि सभामुख गुहार्दै राप्रपा सांसदहरू
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका छन्। आफ्ना सांसदहरूको पीएसओ खोसिएपछि उनीहरूले बुधबार सभामुखलाई भेटेर गुनासो पोखेका हुन्। पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरूले सभामुख भेट्न पुगेका थिए। प्रमुख सचेतक शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो। प्रतिनिधि सभाको बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले राजावादीको आन्दोलन नरोकिएसम्म राप्रपा सांसदहरूलाई दिइँदै आएको पीएसओ उपलब्ध नगराउने बताइसकेका छन्।
बिएल संवाददाता - काठमाडौं