शुक्रबार, ०७ नोभेम्बर २०२५

साढ सात हजार नेपालीलाई दुई महिनाभित्र अमेरिका छोड्न आदेश

यो भनेको कुनै पनि राष्ट्रमा गृहयुद्ध हुँदा वा प्राकृतिक आपत विपदका बेलामा त्यहाँका नागरिकलाई अमेरिकाले दिएको विषेश सुविधा हो। त्यही सुविधा लिएर गत २०७२ सालको भूकम्पपछि हजारौं नेपाली अमेरिका छिरेका थिए।  नेपालसहित अमेरिकाले लगभग १७ देशका करिब पाँच लाखभन्दा धेरै आप्रवासीलाई दुई महिनाभित्र अमेरिका छोड्न भनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्बपति एलोन र शक्तिशाली ट्रम्पबीच चर्कियो झगडा

यतिमात्रै होइन एलोनले ट्रम्पका नाम जोडिएका कैयौं पुराना प्रकरणहरूलाई ब्यूँताउनुपर्ने पनि बताएका छन्।  यसको जवाफ आगामी चुनावहरूमा एलोनले ट्रम्पका विरोधीहरूमाथि पैसा खन्याएर पनि दिनसक्छन्।  एकअर्काप्रति निकै कडा र आक्रामक देखिएका यी शक्तिशाली अर्बपति र शक्ति राष्ट्रका शक्तिकेन्द्र ट्रम्पबीचको यो लडाईं यत्तिकै र चाँडै थामिने पनि छाँट देखिंदैन।  ‘राष्ट्रपति भइरहनका लागि ट्रम्पसँग अब मात्रै साढे तीन वर्ष बाँकी छ’ एलोनले धम्क्याएका छन् ‘तर मचाहिँ अझैं ४०-५० वर्ष यहिँ र यत्तिकै हालतमा रहनेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ती ज्ञानेन्द्र, यी ज्ञानेन्द्र…, ती ओली, यी ओली

राजावादी आन्दोलनको रमाइलो दृश्यचाहिँ कमल थापालाई झ्याल्टुङ पार्दाको हो । २०६२/६३मा कयौ आन्दोलनकारीलाई झ्याल्टुङ पार्ने तत्कालिन शाही गृहमन्त्री थापाको यो हरिबिजोग दृश्यले ‘सबैको राम्रो/नराम्रो दिन आउँछ, पर्खनु मात्र पर्छ’ भनेको ठीकै रहेछ भन्ने दृष्टान्त मिल्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

देउवाको स्पष्टोक्तिः गृहमन्त्रीको राजीनामा आवश्यक छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको दाबी गरेका छन्।  बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट गरेका छन्। उनले सत्तागठबन्धन ०८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरे। त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई जोडेर माधव नेपालको अभिव्यक्ति प्रतिशोधपूर्णः एमाले

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार संसदभवन बाहिर सञ्चारकर्मीसँगको कुराकानी गर्दै संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरूमाथि फितलो टिप्पणी गर्नु उपयुक्त नहुने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८१ किलोमिटर लामो ‘मुक्तिनाथ केबलकार’ परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औं बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतीलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव  किलोमिटर लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो। ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ लागत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट)ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित

प्रतिनिधिसभाको बिहीबारको बैठक केहीबेर बसेर स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी छोडेपछि पहिलोपटक गगन-स्वर्णिम भेट, कांग्रेस-रास्वपा बैठकमा के भयो कुराकानी?

प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल भएको छ। बिहीबार संघीय संसद भवन बानेश्वरस्थित शंकर हलमा दुई दलका नेताहरूबीच छलफल भएको हो। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाहीको दाबी- ‘हत्या’ र ‘भिजिट भिसा’को मुद्दा मिलाउन नारायणकाजी र गृहमन्त्रीको भेट

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादीले पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न लचिलो भएको आरोप लगाएका छन्। बुधबार सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटामाथि अनुसन्धान गर्न आदेश दिएपछि माओवादीले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन लचक देखिएको थियो। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएर विपक्षीसँगै संसदमा अवरोध गर्दै आएको माओवादी बिहीबार अचानक राजीनामाभन्दा छानबिनलाई प्राथमिकता दिने भन्दै लचक देखिएपछि शाहीले यस्तो आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालको प्रतिक्रियाः एक रुपैयाँ पनि खाएको छैन

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफू सँधै भ्रष्टाचारको विरुद्धमा उभिएको दाबी गरेका छन्। अख्तियारले पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले आफूले ‘एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको’ दाबी गरेका हुन्। बिहीबार रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको दाबी गर्दै श्वामी रामदेव र आचार्य बालकृष्ण जस्तो व्यक्ति भएको पताञ्जलीतमा अनुचित गर्ने कुरा कसैले कल्पना गर्न पनि नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् ९३ प्रतिवादी, माधव नेपालसँग साढे १८ करोडबढी बिगो माग, अरुलाई कति?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेदको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो। काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको आरोपमा उनीहरू उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालः भ्रष्टाचार मुद्दा लागेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’, सांसद पद निलम्बन

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो। योसँगै माधव नेपाल भ्रष्टाचार मुद्दा लाग्ने पहिलो प्रधानमन्त्री बनेका छन्। यसअघि हालसम्मकै कुनै पनि प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको रेकर्ड छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार नेपालसहित जग्गा हिनामिना प्रकरणका जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पदाधिकारी बैठकको निष्कर्षः सदनमा ‘छलफलको वातावरण हुनुपर्छ’…

नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ। बिहीबार बसेको माओवादी (केन्द्र)को केन्द्रीय पदाधिकारी बैठकले संसदको अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सापकोटामाथि अनुसन्धान हुने भएपछि हच्कियो माओवादी, गृहमन्त्रीलाई बोल्न दिने संकेत!

सर्वोच्च अदालतले माओवादी (केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध अनुसन्धान अघि बढाउन उत्प्रेषणको आदेश दिएपछि बिहीबार अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पदाधिकारी बैठक बसेको छ। सर्वोच्चको आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा पुनः अनुसन्धान गर्न बाटो खुलेको छ। बैठकमा सापकोटाविरुद्धको फैसलामा छलफल भएको थियो। त्यस्तै सापकोटामाथि अनुसन्धानको बाटो खुलेपछि माओवादी नेताहरू गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनुपर्ने पक्षमा देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास  खुमलटारमा बसिरहेको छ। बिहिबार बिहानदेखि जारी बैठकमा सर्वोच्च अदालतले माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध दिएको उत्प्रेषण आदेशबारे छलफल भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पको डर : यी १२ देशका नागरिक अमेरिका छिर्न नपाउने

नयाँ कार्यकारी आदेशबारे बताउँदै ट्रम्पले एउटा भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा उनले अमेरिकाको भीसा पाएर छिरेका ‘खतरनाक देशका मानिसहरूबाट अमेरिकामा’ निरन्तर ‘आतंकवादी आक्रमण हुँदै आएकोले यस्तो निर्णय गरिएको बताएका छन्।  उनले यसअघि जो बाइडन राष्ट्रपति हुँदा उनले लिएको ‘ओपन डोर पोलिसी’का कारण अमेरिका असुरक्षित हुँदै गएको पनि आरोप लगाएका छन्।  यसअघि अमेरिकाका एकजना उच्च सैन्य अधिकारीले केही अफ्रिकी आतंकवादी समूहहरूले अमेरिकामाथि आक्रमण गर्ने तयारी गरिरहेको खुलासा गरेका थिए। केही गोप्य सूचनाहरूका आधारमा उनले ती आतंकवादी समूहहरू समयको पर्खाईमा भएको र उपयुक्त मौका छोपेर अमेरिकामाथि भीषण आक्रमणको तयारी गरिरहेको भन्दै चेतावनी दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवाहरूलाई ओलीको प्रश्नः उद्यमशीलताको विकास नगरी कहाँबाट आउँछ रोजगारी?

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सीमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए नभएको बताए। उनले भने, ‘मैले धेरै पहिलादेखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ। उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँबाट आउँछ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटायर्ड होला र मौका पाउँला भनेर बस्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जुनसुकै बेला जेसुकै हुनसक्छ’ भनेर विपदको तयारीमा लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ‘जुनसुकै बेला जेसुकै हुन्छ’ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।  ‘जुन सुकै बेला जेसुकै हुन सक्छ। त्यो मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ। तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,’ उनले भने, ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौं। मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ। त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादी भेलामा लिङदेन नआएपछि लफडा, बैठक नै स्थगित…

बुधबार बसेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ। दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए। विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो। त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक लिएर सम्बोधन गरे। उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं