बिएल संवाददाता
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो।
यूएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए। कप्तान मोहम्मद वासिम ३४, क्षदीप नाथ ३०, आर्यंश शर्मा १८, निलांश केश्वानी १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अखुजाइम तनविर १, अजय कुमार २ रनमा आउट भए। जुनेक सिद्दिकी ७ रनमा अविजित रहे।
बलिङमा नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमा समेटिएको थियो।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाएका थिए। ओपनर कुशल भुर्तेल २४, करण केसी २२, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५, भीम सार्की १०, आसिफ शेख ७, कप्तान रोहित पौडेल २ रनमा आउट भएका थिए।
बलिङमा यूएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए। खुर्जा तनविरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एकएक विकेट लिए।
अब नेपालले दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया