सोमबार, १५ जुन २०२६

५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

बिएल संवाददाता

बिएल संवाददाता

रुकुम पश्चिम
News Image
• • •

नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए।

आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४ सय रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको उनले बताए। सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। अफिम लागूऔषध भएकोले अवैध मानिन्छ।

आठविकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ। प्रहरीले बर्षेनी अफिम खेती नष्ट गर्दै आएपनि उत्पादनमा भने कमि आउन सकेको छैन। जंगलको बीचमा उत्पादन हुने भएकोले उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!