आइतबार, १७ अगस्ट २०२५

मदिराको तालमा ‘समाज भाँड्ने अभिव्यक्ति’ नदिन बालेनलाई युवासंघको चेतावनी

एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मदिराको सनकमा समाज भाँड्ने अभिव्यक्ति नदिन चेतावनी दिएको छ। सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्ति नदिएपछि आफ्ना कर्मचारीहरूले तलबसमेत खान नपाएपछि बालेनलले सोमबार एक हप्ताभित्र अधिकृत नियुक्ति नभए सबैलाई ‘टुकुचामा गाडिदिने’ सामाजिक संजालमार्फत धम्की दिएका थिए। बालेनको धम्कीपछि युवासंघ महानगर कमिटीले विज्ञप्ति सार्वजनिक गर्दै देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला बालेनको धम्की आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डिजिटल बोर्डमा ओलीविरुद्ध नारा राखेपछि एमाले कार्यकताले कुटे प्राधिकरणका हाकिम

कार्यालयको बोर्डमा आफ्ना अध्यक्षविरुद्ध नारा राखिएपछि एमाले कार्यकर्ताहरूले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा राखिएको कार्यालयले दाबी गरेको छ। ह्याकरको खोजी सुरु गरेको चितवन प्रहरीले जनाएको छ। हाकिममाथि कुटपिट गर्नेविरुद्ध उजुरी नपरेको र उजुरी परेपछि अनुसन्धान गरिने प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कुलमानलाई हटाएपछि ओली भन्छन्- हाम्रो ध्यान विकासमा केन्द्रीत छ

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्‍याउने कामहरू भइरहेको बताएका छन्। मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए। उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ। केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो। विरोधीहरू लाग्छन्।’ यसका साथै, उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरू बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरूमा अल्झिएर नबस्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कागजविहीन’ अदालत बनाउने अभियान सुरु

सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको सुरुवात भएको छ। मंगलबार सर्वोच्च अदालतको हलमा एक विशेष समारोहको आयोजना गरी उक्त प्रणालीको सुरुवात गरिएको हो। सो अवसरमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अनलाइन प्रविधिमार्फत दिइने सेवा दिगो, भरपर्दो, पद्धति सम्बद्ध, पारदर्शी, विश्वसनीय हुने बताए। अदालतलाई कागजविहीन बनाउने अभियान सुरु भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कबाड व्यवसायीसँग प्रचण्डको भेट, भने- महानगरसँग पहल गर्छु

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन्। कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ। संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुख दिएर समस्या हल हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटाएपछि प्राधिकरणको सुरक्षा बढाइयो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्राधिकरण परिसर क्षेत्र वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ। कुलमानको समर्थनमा विभिन्न समूहले आन्दोलनको तयारी गरेपछि प्राधिकरण परिसर रत्नपार्क वरपरको सुरक्षा व्यवस्था कडा पारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनको अर्को धम्की : सक्छौ भने मलाई जेल हाल

यसअघि उनले सोमबार साँझ आफ्ना कर्मचारीहरूलाई एकसाताभित्र तलव दिने वातावरण नभए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले कसैमाथि आक्रमण गर्न लागेको कुरा कसरी बाहिरिन्छ?

अमेरिकी गुप्त सुरक्षा सूचना बाहिर लिक भएपछि अहिले पूरै अमेरिकी सुरक्षा संयन्त्रभित्र हलचल मच्चिएको छ। यमनको हुथी बिद्रोहीमाथि आक्रमणको तयारीबारे अमेरिकी सूचना एउटा ग्रुपच्याटबाट बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाहीको चुनौती: काँग्रेसले मन्त्री फिर्ता गरोस्, प्रचण्डले सहमति तोडून्

शाहीले काँग्रेस महामन्त्रीहरूलाई सम्बोधन गर्दै साँच्चिकै त्यसको विरोध गरेको हो भने मन्त्रीहरू फिर्ता बोलाउन र घिसिङलाई पुन:नियुक्ति गर्न चुनौती दिएका हुन्। त्यस्तै उनले एमालेसँग टिआरसी बिधेयकको सम्झौता तोड्न पनि चुनौती दिएका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र देउवासमेतको सहभागितामा टिआरसीमा सहमति भएलगत्तै ओली नेतृत्वको सरकारले कुलमानलाई हटाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान हटाउने सरकार: सबैको सल्लाह तर सामाजिक सञ्जालमा भने विरोध

मन्त्रिपरिषदले हटाउने निर्णय गर्ने दिन उनी चेपाङ बस्तीमा पहिलोपटक बिजुली बाल्दै थिए। उर्जामन्त्री दीपक खड्काले उनलाई स्पस्टीकरण सोधेर हैरानीमात्रै दिएनन् बरु लोडसेडिङ हटाउने श्रेय उनलाई दिनुभन्दा भारतलाई दिनुपर्ने भन्दै आए। कुलमानले विद्युत प्राधिकरण नाफामा गएको भनेर फेक रिपोर्ट दिएको भनेर आरोप समेत लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई हटायो सरकारले

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीयता कांग्रेसको अवधारणा हो, गणतन्त्रबाट एक इन्च पनि दायाँबायाँ हुदैनौंः गगन

संविधानभित्रै रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे। कांग्रेसकै कारण संघीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूलाई राजद्रोहको मुद्धा लागेको अनुभव सुनाए। कांग्रेस गणतन्त्र र संघीयताप्रति एक इन्च पनि दायाँबायाँ नहुने थापाले बताएका छन्। महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस विभाजन हुँदा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रीक दुई पार्टी भयो। गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले काठमाडौंमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्छ भन्दै प्रदेशको अवधारणा विकास गर्‍यो। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकले नेपाललाई संघीयतामा लैजाने निर्णय गरेको हो। त्यसैले संघीयता कांग्रेसको अवधारणा हो। यो सही ढंगले चलेको छैन तर चलाउन सकिन्छ। त्यसमा कांग्रेस दृढ संकल्पित छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

तीनदलीय सहमतिपछि प्रचण्ड बाहिरिए, ओली र देउवा छलफलमै

तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति जुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्डसहितका नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको बैठकमा सहभागी प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए। बैठकबाट प्रचण्ड निस्केपछि सत्तापक्षीय नेताहरूबीच छलफल सुरु भएको छ। प्रचण्ड बाहिरिएपछि प्रधानमन्त्री ओली र सत्ता साझेदार कांग्रेसका सभापति देउवा अझै सिंहदरबारमै छलफलमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संक्रमणकालीन न्याय टुंग्याउन तीन दलबीच जुट्यो सहमति, नयाँ सर्च कमिटी गठन गरिने

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको बैठकमा सहभागी प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए। उनले भने, ‘केही समयअगाडि दुइटै आयोग गठनका निम्ती सर्च कमिटी बनेको थियो। सिफारिस समितिले प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदन पनि राखियो। दलहरूकाबीचमा सहमति निर्माण गरेर जाने विगतको परम्पराजस्तै तीन दलका शीर्ष नेता बसेर छलफल गर्नुभयो। त्यसमा हामी एउटा निष्कर्षमा हामी पुगेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको बैठक सुरु

प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको बैठक सुरु भएको छ। भर्खरै सिंहदरबारमा सुरु भएको बैठकमा टीआरसीसहित राजावादीहरूको सक्रियताबारे छलफल हुने बालुवाटार स्रोतले बतायो। बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवासँग वार्ताअघि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्। सोमबार अपराह्न प्रचण्ड शीतल निवास पुगेका प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ। आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच छलफल हुँदैछ। त्यसअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस चौतारीमा ओलीको ‘भिटो’, राई पक्षले समानान्तर समिति बनाउने

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशबाट निर्वाचन नै नगरी कार्यसमिति घोषणाको तयारी भएपछि अध्यक्षका प्रत्यासी वर्तमान उपाध्यक्ष राजेश राई समूहले समानान्तर समिति बनाउने तयारी गरेको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबार उद्घाटन भएको महाधिवेशनले नयाँ नेतृत्व चुन्दै छ। तर, निर्वाचन नै नगरी बालुवाटारको चिटबाट पदाधिकारी चयन गर्ने तयारी भइरहेको राई समूहले आरोप लगाएको छ। जारी महाधिवेशनको उद्घाटन र बन्द सत्र आइतबार नै सकिएका छन्। महाधिवेशन कार्यतालिका अनुसार सोमबार निर्वाचनको दिन भएपनि अझैसम्म निर्वाचन प्रक्रिया सुरु हुन नसकेको राई समूहका एक पत्रकारले बताए। उनका अनुसार निर्वाचन समिति नै नबनाइ कार्यसमिति घोषणा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

गणतन्त्र नेपाली जनताले ‘रैती’बाट ‘सार्वभौम नागरिक’ हुन रगतसँग साटेको उपलब्धी होः राष्ट्रपति

‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।’ उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए। उनले भने, ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौं। यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

ओलीलाई जोडेर भ्रमपूर्ण समाचार फैलाइयोः एमाले

पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भनेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्।’ यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका एमालेको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषिमन्त्रीको गुनासो- वर्षभरी माटोमा खेल्ने किसानलाई ६ महिना पनि पुग्दैन खान

फलमा बोल्दै बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए। उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए। उनले  भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ। जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ। वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन्। त्यसैले यस विषयमा सोचौं। मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ। त्यसका विषयमा पनि सोचौं। र तेस्रो कुरा व्यवसायिक किसानहरूको  पेरिफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं। नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं