सोमबार, १५ जुन २०२६

रास्वपा कार्यालय घेर्ने सुकुम्बासीकाे तयारी, प्रहरी तैनाथ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा सुकुम्बासी जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अहिले वनस्थलीस्थित रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ।

सरकारले आफूहरूलाई हटाउने भएपछि आक्रोशित बनेका सुकुम्बासीहरू रास्वपा घेर्ने तयारीमा छन्। 

 थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्।

शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रको नदी किनारको बस्ती खाली गर्ने गरी स्थानीय प्रशासनले तयारी गरेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!