‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ संस्कृत श्लोकउद्धृत गर्दै आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ