बिएल संवाददाता
सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा खड्काको पक्षमा आदेश दिएको हो।
रास्वपा सरकारले खड्कालाई सम्पत्ति शुद्धीकरण कसूर पक्राउ गरी हिरासतमा राखेको थियो।
हिरासतमुक्त गर्न आदेश दिए पनि सर्वोच्चले खड्कालाई विदेश भ्रमणमा रोक लगाउँदै विदेश जानुपूर्व अदालतको अनुमति लिनुपर्ने आदेश गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका खड्कालाई गैरन्यायीक हिरासतमा राखेको भन्दै उनकी श्रीमती विनिता थापाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया