बिएल संवाददाता
नेपाली कांग्रेससहित साना दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले एक/एक संसदीय समिति सभापतिमा उम्मेदवारी दिएका छन्।
बिहीबार बसेको साना दलहरूको बैठकले विपक्षीहरूबीच सभापति निर्वाचनमा मोर्चाबन्दी गर्नेबारे सहमति भएको थियो। सोही सहमतिअनुसार कांग्रेसका भरतबहादुर खड्काले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दिएका छन्।
यो पदमा भने संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपक्षीलाई दिने अभ्यासअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरिसकेको छ।
त्यस्तै नेकपा एमालेका गुरुप्रसाद बरालले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन्। यो पदमा रास्वपाका तर्फबाट डा. ओजस्वी शेरचन उम्मेदवार छन्। जसमा बहुमत रहेको रास्वपाको अगाडि एमालेजस्तो सानो दलका उम्मेदवारले जित्ने सम्भावना छैन।
यस्तै, संघीय संसद्को संयुक्त समिति अर्थात् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा नेकपाकी मदनकुमारी शाह (गरिमा)को उम्मेदवारी परेको छ।
यो समिति सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्कीको उम्मेदवारी परेको छ। यसमा पनि नेकपाले सभापति पाउने सम्भावना छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया