आइतबार, १७ मे २०२६

इमाडोलमा पैदलयात्रीमाथि चक्कु प्रहार

News Image
• • •

ललितपुरको इमाडोलमा पैदलयात्रीमाथि चक्कु प्रहार भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बाइकमा सवार अपरिचित व्यक्तिले बाटोमा हिँडिरहेका व्यक्तिमाथि चक्कु प्रहार गरेको हो।

चक्कु प्रहारबाट एक पुरुष घाइते भएका छन्। उनको ढाडमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

आक्रमणमा संलग्न व्यक्ति फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!