बिएल संवाददाता
इरान–अमेरिका वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानी टोली इरानको राजधानी तेहरान पुगेको छ।
पाकिस्तानको यूएन मिसनको विज्ञप्तिअनुसार पाकिस्तानी गृहमन्त्री मोहसिन नकवी र पाकिस्तानी सेनाका फिल्ड मार्शल आसिम मुनीरलगायतको पाकिस्तानी प्रतिनिधिमण्डल तेहरान पुगेको हो। पाकिस्तानी टोलीलाई इरान सरकारका विदेशमन्त्री शैयद अब्बास अराघचीले स्वागत गरेका थिए।
फिल्ड मार्शन मुनीर ट्रम्पका फेवरेट सेना प्रमुख हुन्। ट्रम्पले आजैमात्र पाकिस्तानी फिल्ड मार्शलले उत्कृष्ट काम गरिरहेको भन्दै अमेरिका इरानसँग दोस्रो चरणको वार्ताका लागि इस्लामावाद जान इच्छुक रहेको बताएका थिए।
यसअघि इरानी सरकारी समाचार एजेन्सी आईआरआईबीले उक्त प्रतिनिधिमण्डलले अमेरिकाको सन्देश लिएर जाने र वार्ताको दोस्रो चरणको योजना बनाइरहेको जनाएको थियो।
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ ‘क्षेत्रीय परिस्थितिबारे विचार आदान–प्रदान गर्न’ साउदी अरेबिया र टर्कीको भ्रमणमा निस्केका छन्।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया