बिएल संवाददाता
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
समितिका अनुसार, यसअघि २०८२ चैत १४ गते अनधिकृत रूपमा नक्कली लेटरप्याड प्रयोग गरी पार्टीको जिम्मेवारीसम्बन्धी भ्रामक प्रेस विज्ञप्ति जारी गरिएको विषयमा एक पटक सचेत गराइसकिएको थियो। तर चेतावनीपछि पनि २०८२ चैत ३० गते पुनः नक्कली लेटरप्याड प्रयोग गरी अर्को अनधिकृत विज्ञप्ति जारी गरिएको देखिएकाले उक्त कार्य पार्टी विधानविपरीत भएको ठहर गरिएको समितिले जनाएको छ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको बैठकले स्पष्ट पारेको छ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा पार्टी सदस्यहरूबाट अनुशासन उल्लंघनसम्बन्धी उजुरी पठाउने म्याद २०८३ वैशाख मसान्तसम्म थप गरिएको छ। यसअघि निर्धारण गरिएको चैत्र मसान्तको समयसीमा अब विस्तार गरिएको हो।
समितिले तोकिएको नयाँ समयसीमाभित्र प्राप्त हुने उजुरीहरूमाथि मात्र कारबाही हुने र त्यसपछि प्राप्त उजुरीहरूमा कुनै प्रक्रिया अघि नबढाइने पनि स्पष्ट गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया