रविकाे बयान स्थगित, आज रुपन्देही प्रहरीमा राखिने
समय अभावका कारण आजकाे बयान स्थागित गरिएकाे सरकारी वकिलकाे कार्यालयले जनाएकाे छ। बयान बुधबार बिहानबाट सुरु हुनेछ।
बिएल संवाददाता - बुटवल
समय अभावका कारण आजकाे बयान स्थागित गरिएकाे सरकारी वकिलकाे कार्यालयले जनाएकाे छ। बयान बुधबार बिहानबाट सुरु हुनेछ।
बिएल संवाददाता - बुटवल
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडौं
बक्यौता नबुझाइ उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार विद्युत प्राधिकरण संचालक समितिको बैठकले बक्यौता नबुझाए पनि लाइन काटिएकाे उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियाे।
बिएल संवाददाता - काठमाडौँ
शीर्ष स्थानमा रहेकाे युएईकाे विश्वकप सम्भावना बलियाे रहेकाे छ। भने, नेपालकाे पनि सम्भावना यथावत रहेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
विद्युत नियमन आयोगको निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बक्यौता नबुझाएको उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ। मंगलबार बसकेकाे सञ्चालक समितिकाे बैठकले नियमन आयोगको निर्णयविरुद्ध उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
जापानबाट डिपोर्ट भएका तीन युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका छन्। याे प्रकरणमा आजका दुईसहित ९ जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
बितेकाे तीन महिनामा २ हजार ४७३ वटा मानव अधिकार उल्लङ्घनका घटेका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएकाे संस्था इन्सेकले तयार पारेकाे विवरणअनुसार जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४७३ जना पीडित भएका छन्।
बिएल संवाददाता - काठमाडौँ
कतार एयरवेजकाे जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ। मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हाे।
बिएल संवाददाता - काठमाडौं
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई अदालतमा उपस्थित गराइएकाे छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनाङेलाई मंगलबार जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
आइसिसी यू- १९ विश्वकप छनाेटमा नेपालले कुवेतमाथि नेपालले बिशाल जित निकालेकाे छ। मंगलबार दुबईस्थित द सेभेन स्टेडियममा नेपालले कुवेतमाथि १६५ रनकाे विशाल जित निकालेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ताकाे हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग बयान लिन सुरू गरिएकाे हो।
बिएल संवाददाता - काठमाडौं
काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई अस्पताल लगिएकाे छ। मंगलबार बिहान काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट स्वास्थ्य जाँचका लागि बसुन्धराको चिरायु अस्पतालमा लगिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ। हाम्रो टोलका सबै घरहरू बमले उडाएको छ। ब्म लागेर एकजना नेपाली दाजुको पनि मृत्यु भएको छ, धेरै जना घाइते हुनुभएको छ। यहाँको अवस्था साह्रै नराम्रो छ,’ मोगोकका एक नेपालीभाषीले भने।
बिएल संवाददाता - काठमाडौं
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ। आजै बिहान काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केहीबेरअघि सीआईबी पुर्याइएको हाे।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ। मंगलबार बिहान पाेखरा विमानस्थलबाट बुद्ध एयरकाे विमानमार्फत रूपन्देही लगिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी हुँदै गर्दा रुपन्देहीमा भने प्रदर्शनको तयारी भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज (मंगलबार) रूपन्देही ल्याइँदै छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .