बिएल संवाददाता
जेन–जी आन्दोलनमा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा उपचाररत छन्।
आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै घरमा कुटिएका देउवा दम्पतीको सेनाले उद्धार गरी शिवपुरी पुर्याएको थियो।
देउवाको गर्धनमा गहिरो चोट लागेकाले उनलाई अझै केही समय अझै उपचारमै राख्नुपर्ने देखिएको छ। स्टाफ कलेजमा उपचाररत दुवै नेताको स्वास्थ्य स्थिति सुध्रिँदै गएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन्।
उनीहरू कहिले घर फर्किन्छन् भन्ने टुंगो लागिसकेको छैन। देशको पछिल्लो राजनीतिक परिवर्तनपछि कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउन दवाब बढेको छ। यद्यपि पार्टीले सभापति देउवाको भौतिक उपस्थितिमै बैठक बोलाउने तयारी गरेको छ। स्टाफ कलेजबाट देउवा फर्किने मिति कुरिरहेको छ।
मीन विश्वकर्माले सभापति देउवाकै उपस्थितिमा बैठक बोलाउने तयारी गरिएको तर, देउवालाई फर्किन लामो समय लाग्ने भए उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बोलाइने बताएका छन्।
जेन–जी आन्दोलनपछि कार्यसम्पादन समितिको भर्चुअल बैठक बसेको कांग्रेसमा भौतिक बैठकको दवाब बढिरहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया