बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले डा. सन्दुक रुइतसँग आफ्नो मन्त्रिपरिषदमा सहभागी हुन आग्रह गरेकी छन्।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नु परेको भन्दै डा. रुइतलाई मन्त्री बन्न आग्रह गरेकी हुन्। स्रोतका अनुसार डा. रुइतलाई कार्कीले स्वास्थ्यमन्त्रीको प्रस्ताव गरेकी थिइन्।
डा. रुइतले भने आफू बिरामीकै सेवामा तल्लिन रहेकाले सरकारमा सहभागी हुन नसक्ने तर, सरकारलाई आफूले अन्य माध्यमबाट पूर्ण सहयोग गर्ने जवाफ दिएका छन्।
प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीले क्याबिनेटमा आउने हो? भन्दै प्रश्न गरेका थिए। जवाफमा रुइतले भने, ‘यहाँ छोडेर आउने? यत्रो छ काम यहाँ छोडेर आउने? बिरामीलाई छाडेर आउँदैन।’
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया