आइतबार, ०१ मार्च २०२६

नेपाल बार: कांग्रेस–एमालेको एउटा प्यानल, माओवादी–रास्वपाको अर्को प्यानल

सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले बार एशोसियसनमा पनि मिलेर जाने भएका छन्। सत्ता सहकार्यमा रहेका दुई दलबीच कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारको आगामी चैतमा हुने निर्वाचनमा यौटै प्यानल बनाएर जाने सहमति भएको हो। अध्यक्ष कांग्रेस निकट डिएलए र महासचिव एमालेको पिपिएलएले लिने सल्लाह भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘फाइभ स्टार’ मेनुमा ‘गुन्द्रुक र सिन्की’

स्टार होटलहरुमा चीनबाट आयात गरिएका गुणस्तरहीन गुन्द्रुक खुवाउने चलनलाई निरुत्साहित गर्नपर्छ। राट्रिय तरकारी भएको नाताले स्वदेशी उत्पादन खपत बढाउनुपर्छ। यही उद्देश्यले सरकारले थ्रि स्टारदेखि फाइभ स्टार होटलहरुमा नेपाली गुन्द्रुक अनिवार्य प्रयोग गर्नुपर्ने नीति लिनु जरुरी छ। जसरी अन्य सामग्रीहरु त्यहाँ ब्राण्ड मात्रै उपभोग गर्नुपर्छ भनिन्छ त्यसैगरी गुन्द्रुकलाई पनि कडाइकासाथ लागू गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासलाई ट्रम्पको ‘अन्तिम’ चेतावनी: अहिले नै सबै बन्धक नछोडे तिमीहरू सकिनेछौं

‘हमासका लागि यो अन्तिम चेतावनी हो। अब गाजा छोड्ने समय आइसकेको छ। गाजाका नागरिकका लागि एक सुन्दर भविष्य उनीहरूलाई पर्खिरहेको छ। तर बन्धकलाई नछोड्ने हो भने तिमीहरू सबै सकिनेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीशको अनुभव- धर्म छाड्यो भने सबै ध्वस्त हुने रहेछ

उनले भने, ‘मलाई पनि लाग्छ। अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ। त्यसैले धर्मसँग हाम्रा सभ्यताहरू, संस्कृतिहरू, परम्पराहरू र रितिरिवाजहरू सबै जोडिएका छन्।’ त्यस्तै, उनले आधुनिकताको नाममा धेरै कुराहरू यताउता पारिएको पनि बताए।  उनले भने, ‘जुन मुद्दामा तामा र तुलसी छोएर यो कुरा बोल भन्दा झुटो बोल्दैन्थ्यो। तर आज त्यो सबै मान्यता छैन्। तर त्यो सबै धर्मले नै गरेको थियो। आधुनिकताको नाममा आज हामीले धेरै कुराहरू यताउता पारेको छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनले चाहे अध्यादेश अस्वीकार गर्न सक्छः अर्थमन्त्री पौडेल

उनले भने, ‘सदनमा छलफल भईरहेको छ, सदनले निर्णय गर्ने छ। यो सदनले चाहने हो भने अस्वीकार गर्न सक्छ नि। त्यसकारण के भन्न चाहान्छु भने यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैन। विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ। यो कुनै स्वेच्छाचारिताको कुरा होईन, कुनै निरंकुशताको कुरा होईन। सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याएको विषय हो। सदनमा ल्याउन पाउँछ। हाम्रो संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरूले दिन्छ। त्यसकारण यो लोकतन्त्र हो। सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरंकुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने जंगली राज तर्फ जाने? यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षीले अध्यादेशमा काँडैकाँडा देखे, हामी फूलैफूल देख्छौंः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र सरकारले जारी गरेको अध्यादेशविरुद्ध विरोध भइरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार’ भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे पनि सरकारले फूलै फूल देखेको बताए। उनले सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अति आवश्यक भएको हुनाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन नचलेको बेला अध्यादेशमार्फत ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खबरदार! कुलमानलाई लेखेटे हजारौं कुलमान ल्याउछौंः रास्वपा

उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाईदामा पुर्‍याउनेहरूको मूल्यांकन जीरोमा गरिरहेको छ, विभिन्न बहनामा आफ्ना कार्यकर्ता भर्ती गर्न पाइएन भनेर निष्कासन गरिरहेको छ। विभिन्न प्रपञ्चहरू सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्याउनेछौँ।’ साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई ‘शून्य’ अंक दिएपछि माओवादी असन्तुष्ट, आफ्नै मन्त्रालयको मुल्यांकन हेर्न आग्रह

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधिरहेको बताएका छन्। बुधबार  बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन्। साथै उनले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाए। कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए। तर, सरकारले शून्य अंक दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जनयुद्ध’ कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो थियोः सञ्चारमन्त्री गुरुङ

उनले जनयुद्ध ‘कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो’ भएको उल्लेख गर्दै यसले देशको आर्थिक र सामाजिक सबै क्षेत्रमा ठूलो प्रभाव पारेको बताए। उनले भने, ‘म त जहिले पनि जनयुद्धको विरुद्धमा उभिरहेको छु। जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो हो। हिंसा र विचारमा कुन प्रमुख हुन्छ भन्दा म जहिले पनि विचारको पक्षमा रहने मान्छे हो। धेरै जना माओवादीको आन्दोलनमा होमिए र धेरैले ज्यान पनि गुमाए, कम्युनिष्ट आन्दोलन बद्नाम भयो, खर्बौको सम्पत्ति नोक्सान भयो, आज जुन गाँउहरु रित्तो भएका छन् भन्ने कुरा आउछ यसको सुरुवात जनयुद्धबाट भएको हो। आर्थिक गतिविधिहरु अवरुद्ध भएको पनि त्यही बेला देखि हो। विकासमा पनि २५ वर्ष पछाडि पर्यौं। माओवादी जनयुद्धबाट हामीले सिक्नु पर्ने कुरा के हो भन्दा कुनैपनि क्रान्तिको बाटो र विचार अर्काको नक्कल गरेर गर्नु हुदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

को हुन् अमेरिकाले फिर्ता पठाएका नेपालीहरू?

बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट नेपालीहरूलाई लिएर आएको गल्फ स्ट्रिमको जीआरपी-२३ चार्टर जहाज ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सो जहाज अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको थियो। अमेरिकाबाट निष्कासितहरूलाई अल्बानियासम्म हत्कडीसमेत लगाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले फिर्ता पठाएका नेपालीहरू मानव बेचबिखन ब्युरोको नियन्त्रणमा

स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले अमेरिकाले फर्काएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए। उनले भने, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट निकालिएका नेपाली लिएर आएको विमान विमानस्थलमा अवतरण

अमेरिकाबाट निकालिएका नेपालीहरूलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ। चालक दलका सदस्यहरूसहित १४ जना सवार चार्टर जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी सदनमा ट्रम्पको सम्बोधन, डेमोक्र्याट सांसदलाई बाहिर निकालियो

ट्रम्पको भाषणमा अवरोध पुर्‍याउन खोजेको भन्दै सभामुख माइक जोन्सनले सांसद अल ग्रीनलाई संसदबाहिर निकाल्न आदेश दिएका थिए। त्यसपछि उनी संसदबाट बाहिरिए। ट्रम्पले भने आफ्नो भाषण जारी राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुकेर बसेका नेपाली बोकेर उड्यो अमेरिकी जहाज

अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज पहिलोपटक बुधबार बिहान १० बजे काठमाडौं अवतरण गर्न लागेको हो। नागरिक उड्डयन प्राधिकरणको उच्च स्रोतका अनुसार पहिलोपटक ११ नेपालीहरूलाई लिएर अमेरिकी जहाज नेपाल आउन लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।  ‘प्रारम्भिक जानकारी अनुसार ११ जना नेपालीहरूलाई लिएर चार्टर जहाज आउने जानकारी प्राप्त भएको छ। जानकारी अन्तिम होइन, संख्या थपघट हुन सक्छ,’ स्रोतले भन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन, क्यानडा र मेक्सिकोसँग ट्रम्पले छेडें ‘ब्यापार-युद्ध’

ट्रम्पको यो निर्णय खासगरी चीन, क्यानडा र मेक्सिकोजस्ता शीर्ष निर्यातकर्ता देशहरूलाई धेरै भारी पर्ने देखिएको छ। र उनीहरूले यसलाई अमेरिकाको ‘दादागिरी’ भनेर सुरुवाती प्रतिक्रिया दिइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकापुर काण्डमा जालझेल थियो, रेशमलाई मैले नै छुटाएको हुँ- प्रचण्ड

थारु समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेकाले थारु समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उनले  रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे।  उनले विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारु अगुवाहरूलाई पनि मूल घरमै फर्केर थारु अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गरे। माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

राप्रपाको विद्यार्थी संगठनले जुम्ला बहुमुखी क्याम्पसमै पाएन उम्मेदवार

तिबेला देशभरका ६२ आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीहरू निर्वाचनमा होमिएका छन्। क्रियाशिल विद्यार्थी संगठनहरूले अहिले क्याम्पस-क्याम्पसमा उम्मेदवार टुङ्ग्याउँदैछन्, त कतै-कतै विद्यार्थी-विद्यार्थी समूहबीच लडाइँ-झगडा पनि जारी छ। तर, यो विद्यार्थीको ‘चुनावी माहोल’मा जुम्लास्थित साविक कर्णालीको एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघको सांगठनिकले उम्मेदवारै नपाएको व्यापक चर्चा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगशालामा ओलीविरुद्ध नारा लगाउने युवा पहिले ‘माओवादी’ अहिले ‘राजावादी’

रंगशाला भित्रको माहोल फरक थियो। इटालियन लेजेन्ड गोलकिपर जियानलुइजी बुफोन केपी ओली कपको प्रमुख आकर्षण थिए। उनको समर्थनमा दर्शकहरूले ‘वुफोन-वुफोन…’ को नारा लगाइरहेका थिए। यसकैको बीचमा देखिए एक युवा- जसले प्रधानमन्त्रीको विरोधमा हुटिङ गरिरहेका थिए। उनको हुटिङले नजिक रहेका दर्शकहरूले असन्तुष्टि जनाए र उनलाई केही नगरी रंगशालाबाट निकाल्न आग्रह गरे। तर, जब यो कुरा युवा संघका कार्यकर्ताको कानमा पुग्यो- उनीहरू आफ्नो असली अवतारमा उत्रिहाले।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राम्रो काम गर्न खोज्दा विरोध गर्ने र झुटो आरोप लगाउने लहर चल्यो- ओली

उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ। कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ। अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने।’ कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए। उनले भने ‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन्। त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन्। न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन। त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ। ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं