बिएल संवाददाता
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने धारणा व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
नेता शाहीका अनुसार, जबसम्म यी बुँदाहरूमा सुधार हुँदैन, तबसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन्।
शाहीले अगाडि सारेका मुख्य बुँदाहरू:
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री: हालको संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताए।
प्रदेश खारेजी: अनावश्यक खर्च र प्रशासनिक बोझ बढाएको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्नेमा उनले जोड दिए।
संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द: संवैधानिक निकायहरूमा राजनीतिक हस्तक्षेप बन्द गरी योग्य र निष्पक्ष व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने उनको भनाइ छ।
भ्रष्टाचारीलाई कडा कारबाही: भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावासको सजाय दिनुपर्ने माग उनले गरे।
राष्ट्रिय एकता कायम: देशको भौगोलिक र सामाजिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता कायम राख्नका लागि नयाँ नीतिहरू ल्याउनुपर्नेमा उनले जोड दिए।
यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ। उनले युवाहरूलाई यो एजेन्डालाई आत्मसात गरी अगाडि बढ्न आग्रह गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया