बिएल संवाददाता
नेपाली कांग्रेसका महान्त्री गगनकुमार थापाले भदौ २३ गतेको आन्दोलनमा व्यापक दमन भएको स्वीकार गर्दै घटनाको छानबिनको माग गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीले सजाय पाउनुपर्ने बताए।
उनले २३ गतेको दमन र २४ गतेको घुसपैठ दुवैको छानबिन गरिनुपर्ने बताएका छन्।
‘२४ गतेको आन्दोलनमा एकातिर युवाको आक्रोश र परिवर्तनको पवित्र चाहना थियो त्यो एउटा पाटो भयो। तर, सँगसँगै कसैले यसैको मौका छोपेर प्रतिशोध साँध्ने काम भएको छ। व्यापक घुसपैठ भएको छ। कतिपय नयाँ पुराना पार्टीका मान्छेहरू संलग्न भएको भेटिएको छ,’ उनले भने।
थापाले जेन–जी पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त भएको र कांग्रेसमा रुपान्तरण थाल्ने भनेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया