बिएल संवाददाता
नेपाली कांग्रेसका महान्त्री गगनकुमार थापाले भदौ २३ गतेको आन्दोलनमा व्यापक दमन भएको स्वीकार गर्दै घटनाको छानबिनको माग गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीले सजाय पाउनुपर्ने बताए।
उनले २३ गतेको दमन र २४ गतेको घुसपैठ दुवैको छानबिन गरिनुपर्ने बताएका छन्।
‘२४ गतेको आन्दोलनमा एकातिर युवाको आक्रोश र परिवर्तनको पवित्र चाहना थियो त्यो एउटा पाटो भयो। तर, सँगसँगै कसैले यसैको मौका छोपेर प्रतिशोध साँध्ने काम भएको छ। व्यापक घुसपैठ भएको छ। कतिपय नयाँ पुराना पार्टीका मान्छेहरू संलग्न भएको भेटिएको छ,’ उनले भने।
थापाले जेन–जी पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त भएको र कांग्रेसमा रुपान्तरण थाल्ने भनेका छन्।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया