आइतबार, ११ अक्टोबर २०२६

कुलमानले हटाए प्राधिकरणमा दीपक खड्काले खोलेको मन्त्रीको कार्यकक्ष

News Image
• • •

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा खोलेको मन्त्री कक्ष हटाइएको छ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले बन्द प्राधिकरणमा खोलिएको मन्त्रीको कार्यकक्ष बन्द गराएका हुन्।

यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमानसँग मन्त्री खड्काको टसल बढेपछि उनलाई दवाब दिन प्राधिकरणमै कार्यकक्ष बनाएका थिए।

मंगलबार कुलमानले उक्त कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!