शुक्रबार, ०६ नोभेम्बर २०२६

‘न्यायिक आयोग’ले छानबिन गर्नेछ जेनी-जी आन्दोलनको क्षति

News Image
• • •

सरकारले जेनजीको आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षति कसरी भयो? भन्नेबारे न्यायिक छानबिन आयोग बनाउने भएको छ।

सुशीला कार्कीको नेतृत्वमा सोमबार तीनजना मन्त्रीहरू थपिएपछि बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा यसबारे सैद्धान्तिक सहमति भएको हो। सोमबार गृह र कानुनमन्त्रीमा बरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जा तथा जलस्रोत मन्त्रालयमा कुलमान घिसिङ नियुक्त भएका थिए।

मन्त्रिपरिषद बैठकले ‘जनधनको क्षति तथा ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग’ बनाउनका लागि सैद्धान्तिक निर्णय गरे पनि त्यसबारे थप कुरा प्रस्ट पारेको छैन।

त्यसका प्रक्रिया र छानबिनका दायराहरू प्रस्ट भइसकेका छैनन्। तर गृहमन्त्री अर्यालले सकेसम्म ३० दिनभित्रै प्रतिवेदन दिनसक्नेगरी आयोग बनाउने जानकारी दिए।

त्यसअघि कार्यभार सम्हाल्ने क्रममा प्रधानमन्त्री सुशील कार्कीले पनि मानवीय क्षति तथा आजगनीबारे छानबिन र कारबाहीका लागि सरकार तयार रहेको बताएकी थिइन्।

उनले आन्दोलनकारीलाई ताकिताकि टाउको र छातीमा गोली हान्ने र संसद, सिंहदरबार अनि सर्वोच्च अदालत जलाउनेहरूलाई कसरी नेपाली भन्ने? भनेर प्रश्न पनि उठाएकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!