प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा निस्केका छन्।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन मंगलबार उनी थाइल्याण्ड प्रस्थान गरेका हुन्।
६५ वर्षपछि नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो। थाइल्याण्ड भ्रमणमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ।
भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल छन्।
बिएल संवाददाता
- काठमाडौं