इजरायलमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीको चासो, इजरायली राजदूतसँग छलफल
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनदेखि इजरायल र इरानबीच जारी युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्। सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा. राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।
बिएल संवाददाता - काठमाडौं